क्वालालम्पुर उडेको मलेसिया एयरको टायर टुक्रिएर विमानस्थलमै झर्यो, यात्रुलाई जोखिम छैन-विमानस्थल प्रमुख

<p>काठमाडौं । मलेसियाको क्वालालम्पुर उडेको मलेसिया एयरलाइन्सको टायरको एउटा टुक्रा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमै झरेको छ । विमानले धावन मार्ग छोड्ने वित्तिकै एउटा टायरको रिसोलिङ गरेको भाग झरेको हो । मलेसियको क्वालालम्पुर उडेको एमए १७१ जहाजमा १२७ जना यात्रु रहेका छन् । उनीहरु अधिकांश अष्ट्रेलियाको सिड्नीका लागि उडेका नेपाली विद्यार्थी हुन । जहाजको टायर टुक्रिएर झरे [&hellip;]</p>

धावन मार्गमै झरेको मलेसिया एयरलाइन्सको टायरको टुक्रा

काठमाडौं । मलेसियाको क्वालालम्पुर उडेको मलेसिया एयरलाइन्सको टायरको एउटा टुक्रा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमै झरेको छ । विमानले धावन मार्ग छोड्ने वित्तिकै एउटा टायरको रिसोलिङ गरेको भाग झरेको हो ।

मलेसियको क्वालालम्पुर उडेको एमए १७१ जहाजमा १२७ जना यात्रु रहेका छन् । उनीहरु अधिकांश अष्ट्रेलियाको सिड्नीका लागि उडेका नेपाली विद्यार्थी हुन ।
जहाजको टायर टुक्रिएर झरे लगत्तै विमानस्थल एयर कन्ट्रोलले पाइलटसँग सम्पर्क गरेको थियो ।

पाइलटले क्वालालम्पुरमै आपतकालिन अवतरण गराउने जानकारी दिएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख देवानन्द उपाध्यायले विकासन्युजलाई जानकारी दिए । ‘टायरको रिसोलिङ गरेको भाग धावन मार्गमै झरेको हो, पाइलटले मलेसियामै अवतरण गराउँछु भनेका छन’, उपाध्यायले भने ।

उनले यात्रुलाई कुनै जोखिम नभएको दावी पनि गरे ।‘धेरै वटा चक्कामध्ये एउटा चक्काको रिसोलिङ गरेको भाग मात्रै झरेको हो, क्वालालम्पुरको अत्याधुनिक विमानस्थलमा अवतरण गराउन कुनै समस्या हुन्न, यात्रुहरु सुरक्षित छन हुन कुनै जोखिम पनि हुन्न’, उपाध्यायले भने । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता बिरेन्द्र श्रेष्ठले पनि मलेसियन एयरलाइन्सको टायरको रिसोलिङ गरेको भाग विमानस्थलमै खसेको पुष्ठि गरे ।

‘ रिसोलिङ गरेको भाग खसेको हो, मलेसियामै अवतरण गराउने भनेर पाइलटले नै भनेका रहेछन’, श्रेष्ठले भने । एमए १७१ जहाज साँझ ६ बजे मलेसियाको क्वालालम्पुर विमानस्थलमा अवतरण गर्ने उडान तालिका रहेको छ ।

Share News