टेलिकमले ल्यायो प्रमोसनल अफर, विदेशबाट आएको कल उठाउदा बोनस पाइने

<p>काठमाडौं । नेपाल टेलिकमले जीएसएम/सीडीएमए तथा एडीएसएल/एफटीटीएच सेवाका ग्राहकहरुका लागि प्रमोसनल अफर उपलब्ध गराउने भएको छ । त्यसैगरी विदेशबाट आएको कल उठाउदा पनि अब बोनस प्राप्त गर्न सकिने छ । यो अफर भोलि (साउन १६ गते) देखि लागू हुनेछ र ९० दिनसम्म उपलब्ध गराइने छ । यो अफर अन्तर्गतको सेवा पुराना ग्राहकहरुलाई समेत उपलब्ध हुनेछ [&hellip;]</p>

काठमाडौं । नेपाल टेलिकमले जीएसएम/सीडीएमए तथा एडीएसएल/एफटीटीएच सेवाका ग्राहकहरुका लागि प्रमोसनल अफर उपलब्ध गराउने भएको छ । त्यसैगरी विदेशबाट आएको कल उठाउदा पनि अब बोनस प्राप्त गर्न सकिने छ । यो अफर भोलि (साउन १६ गते) देखि लागू हुनेछ र ९० दिनसम्म उपलब्ध गराइने छ । यो अफर अन्तर्गतको सेवा पुराना ग्राहकहरुलाई समेत उपलब्ध हुनेछ ।

अफर अन्तर्गत अब १ एमबीपीएससम्म गतिको एडीएसएल इन्टरनेट कर सहित मासिक १००० रुपैयाँमा उपलब्ध हुनेछ । पहिले मासिक १०१७ रुपैयाँमा २५६ केबीपीएस गतिको एडीएसएल उपलब्ध थियो ।

त्यसैगरी भोल्युम बेस्ड एडीएसएलको मूल्य पनि घटाइएको छ । पहिले २१ जीबी डाटाको लागि १९८० रुपैयाँ शुल्क लिइएकोमा अब १५ जीबी डाटा ३०० रुपैयाँमै उपलब्ध हुनेछ । त्यसैगरी २५ जीबी डाटाको ५०० रुपैयाँ र ४० जीबीको डाटाको मूल्य ७०० रुपैया मात्र तोकिएको छ । यी डाटाको गति १ एमबीपीएस सम्म हुने कम्पनीले जनाएको छ ।

त्यसैगरी दर्ता शुल्क पनि घटाइएको छ । पहिले दर्ता शुल्क कर वाहेक ५०० रुपैयाँ भएकोमा अब भोल्युम बेस्ड डाटाको लागि कर वाहेक २०० रुपैयाँ र अनलिमिटेड डाटाको लागि ३०० रुपैयाँ मात्र दर्ता शुल्क तोकिएको छ ।

यस्तै, अब पहिलेकै मूल्यमा पहिले भन्दा डबल भोल्युमको एफटीटीएच सेवा प्राप्त गर्न सकिने छ । सो अनुरुप १० एमबीपीएस गतिको एफटीटीएच प्याकेज अन्तर्गत ३ महिनाका लागि २४० जीबी, ६ महिनाका लागि ५०० जीबी र १२ महिनाका लागि १२०० जीबी डाटा पहिलेकै मूल्यमा प्रयोग गर्न सकिने छ । त्यसैगरी १०० एमबीपीएस गतिको प्याकेज अन्तर्गत १२ महिनाका लागि १२०० जीबी डाटा प्रयोग गर्न सकिने छ ।

साथै विदेशबाट आएको कल उठाउदा पनि अब बोनस प्राप्त गर्न सकिने छ । जीएसएम/सीडीएमए प्रिपेड र पोष्टपेडका ग्राहकले एक सातामा ७ मिनेट वा त्यो भन्दा बढी कल रिसिभ गर्दा नेपाल टेलिकमको नेटवर्क भित्र ७ मिनेट भ्वाइस कल गर्न र ७ वटा एसएमएस निःशुल्क पठाउन सक्ने छन् ।

Share News