काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सले बहुप्रतिक्षित टेलिभिजन, सामसङ क्युलेड टिभि बजारमा ल्याएको छ । नयाँ सामसङ क्युलेड टिभिमा यसभन्दा अगाडि कहिल्यै प्रयोगमानआएको हाइ डाइनामिक रेन्ज प्रविधि प्रयोग भएको छ ।
क्युलेड टिभिमा दर्शकले वास्तविक रंग देखिने, क्वान्टम डट प्रविधि र शतप्रतिशत कलरको लागि नयाँ मेटल कोर प्रयोग गरिएको छ । सुधारिएको अफ एङ्गल भ्यूइङ र ३६० डिग्रीको असीमित डिजाइनले हरेक दृश्यलाई जीवन्त बनाउँछ र यसमा प्राप्त भएको केवल एकरिमोट कन्ट्रोलरले घरका हरेक उपकरणहरु सञ्चालन गर्न पनि सकिन्छ ।
क्युलेड टिभि हाल दुई मोडलमा उपलब्ध छन् ।
क्यिूए५५क्यिू७ मोडलको सुरुवातीमूल्य ४ लाख ५० हजार र क्यिूए६५क्यिू८को सुरुवाती मूल्य ६ लाख ५० हजार रुपैयाँ रहेको छ । दुबै मोडलमा किस्ताबन्दीको सुविधा पनि उपलब्ध गरिएको छ । बुकिङ् अफरमा सुरुवाती मूल्यको साथ ग्राहकले कुनै पनि सामसङ क्युलेड टिभि क्यिूए५५क्यिू७ मोडलको खरिदमा सामसङ ग्यालेक्सी एस८ र क्यिूए६५क्यिू८को खरिदमा एस ८ प्लस मोबाइल प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
यो अफर हिम इलेक्ट्रोनिक्स तथा त्रिवेणी व्यापारको सहसंयोजनमा ल्याइएको हो । प्रस्तुत बुकिङ अफर यही साउन १७ गतेदेखि लागू भई साउन ३१ गतेसम्म मात्र रहने छ । दरबारमार्गमा रहेको सामसङ डिजिटल प्लाजामा खरिद गर्दा मात्र यो अफर लागू हुने छ ।