कोकाकोला र आईसेकबीच सम्झौता, बुटवलमा युवा वक्ता फोरमलाई संदेश प्रदान

<p>काठमाडौं । कोकाकोला र एसोसिएसन इन्टरन्यासनाले डेस एटुडियसेन साइन्सेस इकोनोमिक एट कमर्शियल (आईसेक) बीच सम्झौता भएको छ । कोकाकोला लुम्बिनीसँगको सहकार्यमा यो वर्षको यूवा स्पीक फोरम यहि साउन १४ गते आयोजना गरेको छ । युवा आवाज सुनिनुपर्ने लक्ष्यका साथ, कोकाकोलाका देशिय बजार प्रबन्धक गौरव रामदेवले मुख्य वक्ताको रुपमा कार्यक्रममा सम्बोधन गरे । एसोसिएसन इन्टरन्यासनाले डेस [&hellip;]</p>

काठमाडौं । कोकाकोला र एसोसिएसन इन्टरन्यासनाले डेस एटुडियसेन साइन्सेस इकोनोमिक एट कमर्शियल (आईसेक) बीच सम्झौता भएको छ । कोकाकोला लुम्बिनीसँगको सहकार्यमा यो वर्षको यूवा स्पीक फोरम यहि साउन १४ गते आयोजना गरेको छ । युवा आवाज सुनिनुपर्ने लक्ष्यका साथ, कोकाकोलाका देशिय बजार प्रबन्धक गौरव रामदेवले मुख्य वक्ताको रुपमा कार्यक्रममा सम्बोधन गरे ।

एसोसिएसन इन्टरन्यासनाले डेस एटुडियसेन साइन्सेस इकोनोमिक एट कमर्शियल (आईसेक)युवाद्धारा संचालित विश्वको सबैभन्दा ठूलो गैर नाफामुलक संस्था हो । जसले एक लाखभन्दा बढि युवाहरुलाई उनीहरुको नेतृत्वदायी संभावनाका लागि सक्रिय बनाउँदै आएको छ ।

देशभरका युवाहरुसँग सम्बन्ध बढाउने पाटोको रुपमा, कोकाकोलाले नेपाल र यो क्षेत्रमा आईसेकलाई सहयोग गरेको हो, आईसेकलाई समर्थन गर्दै क्षेत्रिय, राष्ट्रिय र अन्तराष्ट्रिय सम्मेलनहरु आगामी दिनहरुमा युवा नेतृत्वहरुलाई सहभागीता गराउने र अन्तरक्रिया गराउने माध्यमको रुपमा रहेको छ । सन् २०१६ मा, कोकाकोला नेपालले एशिया प्यासिफिकका २० मुलुकबाट आएका युवाहरु सम्मिलित एशिया प्यासिफिक लिडर समिटलाई कोकाकोलाले नेपालमा सहयोग गरेको थियो, जसमा युवा, विकास व्यवसायीक व्यक्तित्व, व्यवसायीक नेतृत्वहरुलाई समाजिक परिवर्तनको अभियन्ताको रुपमा लैजानका लागि एक आपसमा छलफल चलाएको थियो ।

यो वर्ष आईसेक लुम्बिनीको च्याप्टरले करिब २०० सदस्यहरु र युवाहरुलाई सबै जिल्लाहरुबाट संयुक्त राष्ट्रसंघको सस्टेनेबल डेभलपमेन्ट गोलको बारेमा छलफल गराएको थियो । र सो लक्ष्य प्राप्त गर्न युवाहरुले के गर्न सक्दछन् भन्ने बारेमा कुराकानी भएको थियो । मुख्य वक्ताको रुपमा, रामदेवले कोकाकोलामा भएको आफ्नोे अनुभवलाई बाँड्नु भएको थियो । उनले लाखौं युवाहरुलाई उत्प्रेरित गर्ने अवस्थाको बारेमा बताए भने आशावादि हुन, हल्लाहरु भन्दा बाहिर उठ्न, समयक्रम सँगै परिवर्तन हुन, हरेक विषयमा लगाव कायम गर्न र आफ्नो मनपर्ने व्यक्तिहरुसँग आफ्ना भावनाहरु साट्नका लागि उत्साहित गरेका छन् ।

रामदेवले भने, ‘यो सहकार्यका साथमा, हामी नेतृत्वदायी सिपको बारेमा हामी आगामी दिनमा युवाहरुसँग विभिन्न श्रृंखलामा छलफल चलाउँदै ठोस सम्बद्ध हुन चाहन्छौं । वर्तमानको उच्च प्रतिस्पर्धी विश्वमा जिवन जिउन र समृद्धि हासिल गर्न युवावस्ताका मानिसहरुका लागि निकै कठिन समय हो ।’

अन्य वक्ता सोनम श्रेष्ठ, एफपानका केन्द्रिय युवा वक्ता लगायतले लैंगिक समानताको बारेमा संवेदनशिल विषयहरुको बारेमा उठान गरेका थिए । विशम ज्ञवाली, युवा कार्यक्रम अधिकृत र यूएनडिपीका एसडिजी एडभोकेट, विशाल श्रेष्ठ आइक्यान आईएलटीएसका एमडि, र अभिशेक मास्के, आरजे, किंग्स कलेमा ब्राण्ड एण्ड रिलेसनसिप म्यानेजरले नेपालमा गुणस्तरिय शिक्षालाई पुर्न परिभाषित गर्नुपर्ने आवश्यकताको बारेमा बोलेका थिए ।

Share News