काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनी श्री एयरलाइन्सले आफ्नो तर्फबाट आवश्यक सबै प्रक्रिया पूरा गरेको छ । यो वायुसेवाले हिजो सोमबार इमर्जेनन्सीको अवस्थामा कसरी अवतरण गर्ने भन्ने विषयमा गरिएको अभ्यास सफल भएको छ । अब यो वायुसेवाले उडान अनुमति पाउनुअगाडि गनुपर्ने प्रुभिङ फ्लाइट मात्रै बाँकी छ ।
त्यो फ्लाइट पनि हामी १ दूई दिनमै गर्न सकिने श्री एयरलाइन्सका कर्पोरेट प्रमुख अनिल मानन्धरले बताए । उनका अनुसार हामीले आफ्नो तर्फबाट गनुपर्ने सबै प्रक्रिया पूरा गरेका छौं । अब एउटा प्रुभीङ फ्लाईट मात्रै बाँकी छ । यो फ्लाइट गरेपछि बल नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको कोर्टमा जान्छ । हामीलाई एसोसी दिन कि नदिने भन्ने विषयको निर्णय अब भने हामीले उतैबाट पर्खनुपर्ने भएको मानन्धरले जानकारी दिए । उनका अनुसार वायुसोव कम्पनीले प्राधिकरणले भने अनुसार र नियम तथा प्रक्रिया सबै पूरा गरेको छ । अब एसोसी दिनुपर्ने उनको बुझाइ छ ।
उडान अनुमति दिनुपर्ने नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले भने अझै उडान अनुमति दिन आनाकानी गरिरहेको छ । प्राधिकरणले आवश्यक सबै प्रक्रिया पूरा गरेको र उडान अनुमति पाउने वित्तिकै तत्काल नियमति उडानमा प्रयोग गर्न सक्ने जहाजलाई महिनौदखि एओसी अड्काएर राखेको छ ।
यो वायुसेवा कम्पनीलाई उडान अनुमति दिने विषयमा प्राधिकरण र हवाई उडान सुरक्षा विभागको मात्रै नभएर इयू, आइकाओले पनि अनुमति दिनुपर्ने भन्दै हवाइ उडान सुरक्षा विभागका प्रमुख भेषराज सुवेदीले पन्छिए । उनले भने एओसी दिन आवश्यक प्रक्रिया पूरा गर्नुपर्छ ।
यो वायुसेवाले हिजो इमर्जेन्सी लिडिङको काममा सफलता पाएको छ । अब यसले पूरा गरेको चेकलिष्ट देखाउनुपर्छ । उक्त चेकलिष्टलाई हामी अध्ययन गर्ने, र स्टेपवाई स्टेप पूरा भएको अवस्थामा मात्रै एओसीको प्रक्रिया अगाडि बढ्ने दाबी सुवेदीको छ । उनले आफूले मात्रै निर्णय नगर्ने भएकोले प्राधिकरणको हेड अफिसबाटै जानकारी लिनुपर्ने भन्दै पन्छिए ।
यो वायुसेवाले जहाज छिटो ल्याएको र आवश्यक तयारी ढिलो भएकोले लामो समय जहाज थन्किएको दाबी पनि उनको छ । उनका अनुसार एक साता अगाडि जहाज ल्याएको भए यति लामो समय बस्नुपर्ने थिए । उनका अनुसार प्राधिकरणले दिएकै अनुमति अनुसार जहाज ल्याएको भएपनि आवश्यक प्रक्रिया पूरा गर्न समय लागेकोले पनि अनुमति दिन ढिलो भएको बताए । यो वायुसेले अवाश्यक सबै प्रक्रिया पूरा गरेकोले अब एसोसीको दिन मात्रै बाँकी रहेको पनि उल्लेख छ ।
यो वायुसेवाले तीन वटा जहाज महिनौदेखि विमानस्थलमै थन्किँदा श्री एयरलाइन्सलाई करोडौ घाटा लागेको छ । १७ वर्षदेखि नियमित रुपमा हेलिकोप्टर उडान गरिरहेको श्रीले पहिलोपटक नियमित उडानमा जाने गरी फिक्स विंग्स (पंखा जडित) तीन वटा जहाज ल्याएको हो । यसले पहिलो जहाज चैत ३० दोस्रो बैशाख १६ र तेस्रो जहाज असार पहिलो साता नै काठमाडौं ल्याइसकेको छ ।
जहाज ल्याएको साढे तीन महिनासम्म पनि उडान अनुमति नपाउँदा र जहाजलाई विमानस्थलमा थन्काउनुपर्दा कम्पनीले करोडौ घाटा खानुपरेको छ । यो वायुसेवाले साढे तीन महिनादेखि विमानस्थलमा गरेको जहाज ल्याण्डिङ पार्किङमै करोडौ रुपैयाँ खर्च गर्नुपरेको छ । दुई वटा जहाज काठमाडौंमा छ भने एउटा विराटनगरमा लगेर राखेको छ ।