महालेखा परीक्षकको कार्यालयमा ७५ जिल्लामा १७८ जनालाई कर्मचारी अावश्यक, स्थानीयबासीलाई उच्च प्राथमिकता दिने

<p>काठमाडौं । महालेखा परीक्षकको कार्यालयले छोटो अवधिको लागि १७८ जना कर्मचारी नियुक्त गर्न लागेको छ । महालेखाले ७५ वटै जिल्लाका स्थानीय तह तथा निकायको आर्थिक वर्ष २०७३/७४ को लेखापरीक्षण गर्न लेखापरीक्षण सहायक माग गरेको हो । उक्त पदका लागि चार्टर्ड एकाउन्टेन्सी परीक्षा उत्तीर्ण गरी ३ वर्षको अनुभव हासिल गरेकाले आवेदन गर्न सक्नेछन् । एक महिना [&hellip;]</p>

काठमाडौं । महालेखा परीक्षकको कार्यालयले छोटो अवधिको लागि १७८ जना कर्मचारी नियुक्त गर्न लागेको छ । महालेखाले ७५ वटै जिल्लाका स्थानीय तह तथा निकायको आर्थिक वर्ष २०७३/७४ को लेखापरीक्षण गर्न लेखापरीक्षण सहायक माग गरेको हो ।

उक्त पदका लागि चार्टर्ड एकाउन्टेन्सी परीक्षा उत्तीर्ण गरी ३ वर्षको अनुभव हासिल गरेकाले आवेदन गर्न सक्नेछन् । एक महिना अवधिको लागि मात्र लिइने उक्त पदको लागि साउन ३१ गतेभित्र आवेदन गर्नु पर्ने महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।

 

Share News