चिनियाँ अनुदानमा १ मेगावाट सोलारले झिलिमिली बन्दै सिंहदरबार(फोटो फिचरसहित)

<p>काठमाडौं । आगामी चार महिनाभित्रै सिंहदबारमा १ मेगावाट क्षमताको सोलार जडान हुने भएको छ । सिंहदरबार परिसरमा चिनियाँ अनुदानको सोलार जडान गरेर पुसको दोस्रो सातासम्म बत्ति बाल्ने तयारी गरिएको हो । यतिबेला चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पाेरेशनले सिंहदरबार परिसरमा धमाधम सोलार प्यानल झारिरहेको छ । उर्जा मन्त्रालयका प्रवक्ता दिनेश घिमिरेका अनुसार शतप्रतिशत चिनियाँ अनुदानमा जडान [&hellip;]</p>

काठमाडौं । आगामी चार महिनाभित्रै सिंहदबारमा १ मेगावाट क्षमताको सोलार जडान हुने भएको छ । सिंहदरबार परिसरमा चिनियाँ अनुदानको सोलार जडान गरेर पुसको दोस्रो सातासम्म बत्ति बाल्ने तयारी गरिएको हो । यतिबेला चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पाेरेशनले सिंहदरबार परिसरमा धमाधम सोलार प्यानल झारिरहेको छ । उर्जा मन्त्रालयका प्रवक्ता दिनेश घिमिरेका अनुसार शतप्रतिशत चिनियाँ अनुदानमा जडान हुने सोलार प्यानलले सिंहदरबारभित्रको विद्युत खपतलाई बिबिधिकरण गर्नेछ ।


हालसम्म सिंहदरबारभित्र नेपाल विद्युत प्राधिकरणको डेडिकेटिड फिडरबाट ५ मेगावाट विद्युत खपत हुँदै आएको छ । सिंहदरबारका बिभिन्न भवनका छाना, खाली जमिन र बाटोका छेउछाउमा सोलार प्यानल जडान गरिने उनले बताए । सबै भवनका छानामा सोलार राख्न उपयुत्त नभएकाले जमिनमा पनि जडान गरिने घिमिरेको भनाई छ । गत बर्ष भारतले नाकाबन्दी लगाएपछि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ सहयोगमा सिंहदरबार भित्र सोलार प्यानल जोड्न चिनियाँ सहयोग मागेका थिए ।

यतिबेला चीनमा निर्मित सोलार प्यानल र त्यसका उपकरण धमाधम सिंहदरबारमा झारिँदैछ । ‘शतप्रतिशत चिनियाँ अनुदानको सोलार हो, केहि भवनका छत र अन्य खाली ठाउँमा जडान हुन्छ’, प्रवक्ता घिमिरेले भने । चिनियाँ कम्पनीले भारतीय सवारी साधनमा सोलार प्यानल र त्यसका उपकरण ढुवानी गरिरहेको छ । सिंहदरबार परिसरमा त्यस्ता सोलार प्यानल र उपकरणहरु भण्डारण गरेर राखिएका छन् । एक मेगावाट क्षमताको सोलार प्यानल जडान भएपछि राष्ट्रिय प्रसारण लाइनमा एक मेगावाट विद्युत थपिनेछ । यसले बिजलुली खपत कम गरी लोडसेडिङ न्युनिकरणमा सघाउ पुर्याउनेछ ।

ऊर्जा मिश्रण गर्न सरकारले सोलार प्रविधिबाट बिजुली उत्पादनको प्रक्रिया अघि बढाएको छ । विश्व बैंकको ऋण सहयोगमा नुवाकोटमा २५ मेगावाट सोलार प्लाण्ट जडान हुदैछ । यस्तै निजी क्षेत्रबाट ६१ मेगावाट सोलारबाट उत्पादन हुने बिजुली खरिदको प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

Share News