चौधरी ग्रुप एसियाको बेस्ट इम्प्लोयर ब्राण्ड अवार्डबाट सम्मानित

<p>काठमाडौं । चौधरी ग्रुप एसियाको उत्कृष्ट रोजगारदाता पुरस्कार ‘बेस्ट इम्प्लोयर ब्राण्ड अवार्ड’बाट सम्मानित भएको छ । सिंगापुरको ले-मेरिडियनमा वल्र्ड एच.आर.डी. कंग्रेस एण्ड इम्प्लोयर ब्रान्डिङ इन्सटिच्युटद्धारा आयोजित कार्यक्रममा ग्रुपलाई उक्त अवार्ड प्रदान गरिएको हो । वल्र्ड एच.आर.डी.ले प्रतिभा व्यवस्थापन, व्यवसाय सञ्चालनमा मानव संशाधन रणनीति तथा युवा पुस्ताका लोकप्रिय ब्राण्डहरू उत्पादनमा उत्कृष्ट योगदानका लागि चौधरी ग्रुपलाई उक्त [&hellip;]</p>

काठमाडौं । चौधरी ग्रुप एसियाको उत्कृष्ट रोजगारदाता पुरस्कार ‘बेस्ट इम्प्लोयर ब्राण्ड अवार्ड’बाट सम्मानित भएको छ । सिंगापुरको ले-मेरिडियनमा वल्र्ड एच.आर.डी. कंग्रेस एण्ड इम्प्लोयर ब्रान्डिङ इन्सटिच्युटद्धारा आयोजित कार्यक्रममा ग्रुपलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

वल्र्ड एच.आर.डी.ले प्रतिभा व्यवस्थापन, व्यवसाय सञ्चालनमा मानव संशाधन रणनीति तथा युवा पुस्ताका लोकप्रिय ब्राण्डहरू उत्पादनमा उत्कृष्ट योगदानका लागि चौधरी ग्रुपलाई उक्त अवार्डबाट सम्मानित गरिएको जनाएको छ ।

चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले नेपालको उत्कृष्ट जनशक्तिलाई ग्रुपमा स्वागत गरिएको बताउँदै मानव संसाधन व्यवस्थापनमा अन्तर्राष्ट्रिय अवार्ड प्राप्त हुनु गौरवको बिषय भएको बताए । उनले आफ्नो ग्रुपलाई एसियाकै उत्कृष्ट कार्यस्थलका रुपमा स्थापित गर्न सकिएकोमा खुसी ब्यक्त गरेका छन् । आगामी दिनमा मानव संसाधन व्यवस्थापनमा थप सुधार गर्दै लगिने उनले जनाए ।

यसअघि माइक्रोसफ्ट, सिमन्स, पानासोनिक, टी.सी.एल, हुआवे, हचिसन टेलिकम्युनिकेसन्स, फक्सस्वागन, मलेसियन एयरलाइन्स, होलिडे इन, नोकिया, एच.टी.सी., थाई एयरवेज, युनिलिभर एसिया, क्वान्टस, म्याकडोनाल्डस, पेट्रोनास, फिजर, यू.पी.एस., मरिना बे स्यान्ड्स्, मास्टरकार्ड, रोल्स रोयस, केलोग्स, पेप्सी लगायतले उक्त अवार्ड प्राप्त गरेका छन् ।

Share News