सिटिजन्स बैंकद्धारा भूकम्प पिडितलाई नगद वितरण

<p>काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भूकम्पबाट अति प्रभावित धादिङ जिल्लमा नगद वितरण कार्यक्रमको आयोजना गरेको छ । बैंकले विश्व खाद्य कार्यक्रमद्वारा संचालित वेल्ट हंगर हिल्फको सहकार्यमा धादिङको गुम्दी, सल्यानकोट र मार्पाक गाविसमा गत साउन ६ गतेदेखि १३ गतेसम्म आठ दिने नगद वितरण कार्यक्रम सम्पन्न गरेको हो । विशेष गरि भूकम्प प्रभावित परिवारलाई लक्षित उक्त [&hellip;]</p>

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भूकम्पबाट अति प्रभावित धादिङ जिल्लमा नगद वितरण कार्यक्रमको आयोजना गरेको छ । बैंकले विश्व खाद्य कार्यक्रमद्वारा संचालित वेल्ट हंगर हिल्फको सहकार्यमा धादिङको गुम्दी, सल्यानकोट र मार्पाक गाविसमा गत साउन ६ गतेदेखि १३ गतेसम्म आठ दिने नगद वितरण कार्यक्रम सम्पन्न गरेको हो ।

विशेष गरि भूकम्प प्रभावित परिवारलाई लक्षित उक्त नगद वितरण कार्यक्रममा बैंकद्वारा २८७८ परिवारलाई आर्थिक सहयोग स्वरुप नगद वितरण गरी सो कार्यक्रम सफलता पूर्वक संचालन गरेको बैंकले जनाएको छ ।

Share News