मेलम्चीको सुरुङ खन्न ढिलाइ, चैत यता पानी नआउने

<p>काठमाडौं । सुरुङ खन्नमा ढिलाईले मेलम्ची खोलाबाट आउदो चैतमा मात्र राजधानीमा पानी आउने भएको छ । ढिलाईले आयोजनाको काम पुनः निर्धारित समय भन्दा ६ महिना धकेलिएको छ । आउदो असोजसम्म मेलम्चीबाट राजधानीमा पानी आपूर्ति गर्ने योजना थियो । मंगलबारसम्म मेलम्चीको सुरुङ खन्न अझै २ हजार २६१ मिटर बाँकी छ । मेलम्चीको रिवर्मादेखि राजधानीको सुन्दरीजलसम्म साढे [&hellip;]</p>

काठमाडौं । सुरुङ खन्नमा ढिलाईले मेलम्ची खोलाबाट आउदो चैतमा मात्र राजधानीमा पानी आउने भएको छ ।

ढिलाईले आयोजनाको काम पुनः निर्धारित समय भन्दा ६ महिना धकेलिएको छ । आउदो असोजसम्म मेलम्चीबाट राजधानीमा पानी आपूर्ति गर्ने योजना थियो ।

मंगलबारसम्म मेलम्चीको सुरुङ खन्न अझै २ हजार २६१ मिटर बाँकी छ । मेलम्चीको रिवर्मादेखि राजधानीको सुन्दरीजलसम्म साढे २७ किलोमिटर लामो सुरुङ मध्ये हालसम्म झण्डै साढे २५ किलोमिटर खनिएको छ । अझै २ किलोमिटर बढी सुरुङ खन्न बाँकी रहेको मेलम्ची खानेपानी विकास समितिले जानकारी दिएको छ ।

इटालियन ठेकेदार सीएमसीले दैनिक १७ मिटर सुरुङ खन्ने गरेकोमा मंगलबार साढे १० मिटर मात्र खनेको छ । असोजमा पुरा नभएपछि आयोजनाको सुरुङ खन्ने काम पुसको दोस्रो साता अर्थात डिसेम्बरसम्म सम्पन्न हुने गरी अर्को कार्ययोजना तयार गरिएको समितिका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले बताए ।

डिसेम्बरमा सुरुङको काम सम्पन्न भएपनि आरसीसी लाइनिङलगायत अन्य काम गर्न झण्डै ३ महिना लाग्ने भएकाले चैतसम्म पानी आपूर्ति हुने उनले जानकारी दिए । हाल आरसीसी लाइनिङको काम भइरहको छ । देवकोटकाअनुसार सुरुङ खन्न अब ९ प्रतिशत बाँकी छ । ठेकेदार सीएमसीले ४ फेसबाट काम गरिरहेको छ ।

सुन्दरीजलमा साढे ८ करोड लिटर पानीप्रशोधन केन्द्रको काम अन्तिम चरणमा पुगेको छ । परीक्षणको काम सुरु हुने देवकोटले जानकारी दिए । यस्तै अर्को साढे ८ करोड लिटर पानीप्रशोधनगर्ने केन्द्रको निर्माण सुरु भइसकेको छ । सरकारले चालु आर्थिक वर्ष ०७४/०७५ मा मेलम्चीकालागि ६ अर्ब ५७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

असोजसम्ममा डिसिन्टिङ वेसिननिर्माण सम्पन्न नभएपनि डीआई पाइपको वाइपास निर्माण गरी पानीपथान्तरणको वैकल्पिक उपाय कार्यान्वयन गरी असोज भित्र उपत्यकामा पानि वितरण गर्ने तयारी मेलम्चीको भएपनि त्यो पुरा नहुने भएको हो । अझै पनि ठेकेदारले सुस्त गतिमा काम गरिरहेको छ ।

आयोजनामा एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा निर्माण भइरहेको छ । आयोजनाको कुल लागत २४ अर्ब रुपैयाँ छ ।

Share News