काठमाडौं । गोर्खाज फाइनान्सले आर्थिक बर्ष २०७३/७४ को प्रगति समिक्षा तथा चालु आ.व.२०७४/७५ को बजेट प्रक्षेपन सम्बन्धी भेला सम्पन्न गरेको छ । उक्त भेलामा १६ शाखाका प्रमुख,बिभागीय प्रमुख तथा संचालक समितिका सदस्य गरी जम्मा ३७ जनाको उपस्थिती थियो ।

उक्त कार्यक्रममा विभिन्न शाखा तथा विभागीय प्रमुखहरुले आ-आफ्ना शाखाका योजना बारेमा प्रस्तुतीकरण गरेका थिए भने समग्र बजेटको बारेमा सहायक महाप्रबन्धक प्रेम सागर नापितले प्रस्तुतिकरण गरेका थिए । फाइनान्सको वर्तमान अवस्था तथा भावी रणनीतिको बारेमा प्रमुख कार्यकारी अधिकृत राजकुमार राईले प्रकाश पारेका थिए भने संचालक समितीका अध्यक्ष महेन्द्रलाल राईले ग्राहकहरुलाई केन्द्रमा राखेर अन्तराष्ट्रीय स्तरको सेवा दिन तयार रहन निर्देशन दिएका थिए ।
साथै,उक्त कार्यक्रममा बि.आई.एम.का प्रमुख बि.एन. घर्ती, पूर्व बैंकर कपिल शर्मा र प्रेरक वक्ता अजय रेग्मीले व्यवसाय विस्तार, नेतृत्व विकाश तथा वास्तविक सफलता जस्ता विषयहरुमा प्रशिक्षण दिएका थिए । फाइनान्सको आर्थिक बर्ष २०७३/७४मा ४ अर्ब ६ करोड रुपैयाँनिक्षेप संकलन गरी ३ अर्ब ४३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ भने चुक्ताँ पुँजी ७६ करोड २५ लाख रुपैयाँ रहेको छ ।
फाइनान्सको केन्द्रीय कार्यालय काठमाण्डौको चारखाल डिल्लिबजारमा रहेको छ भने देशका विभिन्न भागमा रहेका १६ शाखा तथा ४ एटीएम मार्फत आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गररिरहेको छ ।