अधिकार छाडेर जिम्मेवारी खोज्दै उद्यमी व्यवसायी, पद्य ज्योतिले भने-पैसा कमायौं अब दायित्व पुरा गर्छाै

<p>काठमाडौं । सधैं माग र ज्ञापन पत्र बुझाएर छुट सुबिधा माग्दै आएका उद्यमी व्यवसायीहरु जिम्मेवारी खोज्न तम्सिएका छन् । राजधानीको याक एण्ड यति होटलमा भेला भएका नेपाली उद्यमी व्यवसायीले यसपाली भने सरकारसँग अधिकार नमागेर दायित्व पुरा गर्ने उद्घोष गरेका हुन् । ‘हामीले अहिलेसम्म निरन्तर अधिकार माग्दै आएका छौं, अब हामी आफ्नो दायित्व र जिम्मेवारी पुरा [&hellip;]</p>

काठमाडौं । सधैं माग र ज्ञापन पत्र बुझाएर छुट सुबिधा माग्दै आएका उद्यमी व्यवसायीहरु जिम्मेवारी खोज्न तम्सिएका छन् । राजधानीको याक एण्ड यति होटलमा भेला भएका नेपाली उद्यमी व्यवसायीले यसपाली भने सरकारसँग अधिकार नमागेर दायित्व पुरा गर्ने उद्घोष गरेका हुन् । ‘हामीले अहिलेसम्म निरन्तर अधिकार माग्दै आएका छौं, अब हामी आफ्नो दायित्व र जिम्मेवारी पुरा गर्न खडा भएका छौं’, नेपालको ठुलो व्यवसायीक घराना मध्येको एक ज्योति ग्रुपका पद्य ज्योतिले भने ।

नेपाल उद्योग बाणिज्य महासंघका पुर्व अध्यक्ष समेत रहेका ज्योतिले भने–‘असल समाज निर्माणका लागि असल व्यवसाय आवश्यक छ, त्यसका लागि हामीले जिम्मेवार व्यवसाय गर्नु पर्छ ।’ राजधानीमा सुरु भएको दोश्रो जिम्मेवार व्यवसाय सम्मेलन २०१७ मा देशभरका ठुलो चेम्बर अर्गनाइजेशनहरुमा आवद्ध व्यवासयीहरुको सहभागीता रहेको छ । सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री शेर बहादुर देउवाले पनि जिम्मेवार भएर देशको समृद्धिमा लाग्न उद्यमी व्यवसायीलाई आग्रह गरे । ‘सरकारले व्यवसाय प्रवद्र्धनमा रहेका सबै असहजताहरु हटाउन पहल गर्छ, तपाईहरुले पनि जिम्मेवार व्यवसाय गरेर देश अघि बढाउन सघाउनुस’, प्रधानमन्त्री देउवाले भने ।

पहलका उपाध्यक्ष तथा नेपाल उद्योग बाणिज्य महासंघका पुर्व अध्यक्ष कुश कुमार जोशीले पनि देशमा सुशासन र आर्थिक विकासका लागि उद्यमशिलता मैत्री सरकार र जिम्मेवार व्यवसायी आवश्यक पर्ने बताए ।‘हामीले राजनीतिक र आर्थिक अधिकारका लागि धेरै संघर्ष गरेऊ अब देश प्रतिको आफ्नो जिम्मेवारी पुरा गरेर देशको मुहार फेर्ने समय भएको छ, सबै व्यवसायी देश र समाज प्रति जिम्मेवार बन्ने संकल्प लिएर यहाँ भेला भएका हौं’, जोशीले भने । काठमाडौं विश्व विद्यालयका उपकुलपति रामकण्ठ मकाजुले नेपालमा श्रोत र साधनको अभाव नरहेको बरु नेतृत्व, व्यवस्थापन र सहकार्यको मात्रै अभाव रहेको बताए ।
दुई दिन चल्ने सम्मेलनमा एक दर्जन भन्दा बढि बिषयमा सामुहिक छलफल हुनेछ ।

Share News