केएल टावरमा सुरु भयो विग अफर सेल, ५० प्रतिशतसम्म छूट सहित उपहारको बर्षा

<p>चुच्चेपाटी । चाबहिलस्थित केएल टावर मलमा साउन १९ गते विहीबार देखि विगअफर सेल सुरु भएको छ । वार्षिक रुपमा हुँदै आएको सेल मेला तीन सातासम्म संचालन हुनेछ । नजिकिँदो चाडबाडमा नेपालीको किनमेल संस्कृतिलाई ध्यानमा राखेर मेला अयोजना गरिएको टावरले जनाएको छ । एक्काईस दिनसम्म सञ्चालन हुने मेलामा कुनै पनि सामानको खरिदमा उपभोक्ताले ५० प्रतिशतसम्म छूट [&hellip;]</p>

चुच्चेपाटी । चाबहिलस्थित केएल टावर मलमा साउन १९ गते विहीबार देखि विगअफर सेल सुरु भएको छ । वार्षिक रुपमा हुँदै आएको सेल मेला तीन सातासम्म संचालन हुनेछ ।

नजिकिँदो चाडबाडमा नेपालीको किनमेल संस्कृतिलाई ध्यानमा राखेर मेला अयोजना गरिएको टावरले जनाएको छ । एक्काईस दिनसम्म सञ्चालन हुने मेलामा कुनै पनि सामानको खरिदमा उपभोक्ताले ५० प्रतिशतसम्म छूट पाउने मेलाका संयोजक हिरामणि तिमिल्सिनाले जानकारी दिए ।

साथै सेल मेलाअवधिभर सपिगं गर्ने गाहकले दैनिक रुपमाविभिन्नआर्कषक उपहार समेत पाउनेछन । दैनिक सेल एण्ड विनअफरमागाहकले एक हजार रुपैयाँको सपिगंभौचर, के एल फुडकोर्टको लन्च कुपन, एफक्युब सिनेमाको टिकट, मेहेन्दि र हेयर कट कुपनलगायतकाविभिन्नउपहार पाउन सक्नेछन।

त्यस्तै बम्पर उपहारअन्तर्गत ४० हजार रुपैंया बराबरको स्मार्ट फोन, दशहजारं, पाँचहजार र तीनहजारको सपिगं कुपन , फुलक्यास ब्याकतथाएफक्युबसिनेमाको टिकट जित्न सक्ने आयोजकले जनाएको छ । विगअफर सेल मेलामा लुगा, जुत्ता, घडी, ब्यागलगायतकादुई हजार भन्दा बढी किसिमका सामानहरुको खरिदमा असिमित छुट दिइने टावरले जनाएको छ ।

यस सेल मेलाअवधि भर केएल टावरमानिःशुल्क नेल आर्ट, फेस पेन्टिङ, सांगीतिक कार्यक्रम, फेशनशो, गेमशो लगायत कार्यक्रम पनि आयोजना हुने बताइएको छ । विग अफर सेल मेला आगामी भदौ १० गतेसम्म चल्नेछ ।

Share News