सिटी एक्सप्रेस मनी ट्रान्सफरले प्रत्येक कारोबारबाट २० रुपैयाँ धुर्मुस सुन्तली फाउन्डेशनलाई दिने

<p>काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले प्रत्येक रेमिट्यान्स कारोबारबाट २० रुपैयाँ धुर्मुस सुन्तली फाउन्डेशनलाई सहयोग गर्ने भएको छ । फाउन्डेशनले बनाउन लागेको ‘नमूना नेपाल निर्माणार्थ’ सिटी एक्सप्रेस मनी ट्रान्सफर मार्फत सेवाग्राहीले भुक्तानी पाउने प्रत्येक कारोवारमा २० रुपैयाँ “धुर्मुस सुन्तली फाउण्डेशन” लाई सहयोग गर्न लागेको सो कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टण्डनले बताएका छन् । “ धुर्मुस [&hellip;]</p>

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले प्रत्येक रेमिट्यान्स कारोबारबाट २० रुपैयाँ धुर्मुस सुन्तली फाउन्डेशनलाई सहयोग गर्ने भएको छ । फाउन्डेशनले बनाउन लागेको ‘नमूना नेपाल निर्माणार्थ’ सिटी एक्सप्रेस मनी ट्रान्सफर मार्फत सेवाग्राहीले भुक्तानी पाउने प्रत्येक कारोवारमा २० रुपैयाँ “धुर्मुस सुन्तली फाउण्डेशन” लाई सहयोग गर्न लागेको सो कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टण्डनले बताएका छन् ।

“ धुर्मुस सुन्तली फाउण्डेशन ” का फाउण्डर तथा सिटीएक्सप्रेस मनी ट्रान्सफरका ब्राण्ड एम्बेस्डर सिताराम कट्टेल (धुर्मुस ) र सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनले संसारमा रहेका नेपालीहरुसंग फेसबुक पेजमार्फत प्रत्यक्ष कुराकानी गर्दै उक्त घोषण गरिएको हो । कम्पनीले सामाजिक उत्तरदाहित्व अन्तरगत धार्मिक, सांकृतिक तथा सामाजिक कृयाकलापमा सहयोग प्रदान गर्दै आएको कम्पनीले जनाएको छ ।

Share News