देवः विकास बैंकको नाफा ११५ प्रतिशतले बढ्यो

<p>काठमाडौं । देवः विकास बैंकको नाफा ११५ प्रतिशतले बढेको छ । बैंकले आर्थिक बर्ष २०७३/७४ मा आफ्नो नाफा ११५ दशमलब ३८ प्रतिशतले बढाएर २८ करोड पुर्याएको हो । आर्थिक बर्ष २०७२/७३ मा बैंकले १३ करोड मात्रै नाफा कमाउन सफल भएको थियो । बैंकले एक अर्ब ५ करोड ब्याज आम्दानी गरेको छ भने ५० करोड ब्याज [&hellip;]</p>

काठमाडौं । देवः विकास बैंकको नाफा ११५ प्रतिशतले बढेको छ । बैंकले आर्थिक बर्ष २०७३/७४ मा आफ्नो नाफा ११५ दशमलब ३८ प्रतिशतले बढाएर २८ करोड पुर्याएको हो । आर्थिक बर्ष २०७२/७३ मा बैंकले १३ करोड मात्रै नाफा कमाउन सफल भएको थियो ।

बैंकले एक अर्ब ५ करोड ब्याज आम्दानी गरेको छ भने ५० करोड ब्याज खर्च गरेको छ । १० अर्ब ४१ करोड निक्षेप संकलन गरेको देवः विकास बैंकले ९ अर्ब ५७ करोड कर्जा लगानी गरेको छ ।

एक अर्ब ४४ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ४७ करोड रुपैंयाँ रहेको छ । बैंकको प्रति सेयर आम्दानी २० रुपैंयाँ शुन्य ३ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ १३२ रुपैंयाँ ९७ पैसा रहेको छ ।

बैंकले खराब कर्जालाई पनि ३ दशमलब ९९ प्रतिशतबाट घटाएर १ दशमलब २४ प्रतिशतमा ल्याएको छ ।

Share News