एनआइसी एशिया बैंकले सुरु गर्यो अनलाइन आस्वा सेवा, अब सेयर भर्न बैंक जानु नपर्ने

<p>काठमाडौं । एनआइसी एशिया बैंकले आइतबारदेखि अनलाइन आस्वा सेवा सुरु गरेको छ । बैंकले आफ्नो २०औं वार्षिकोत्सवको अवसर पारेर आफ्नो सम्पूर्ण ग्राहकहरुलाई यो सेवा सुरु गरेको हो । यस सेवा अन्तर्गत ग्राहकहरुले यस बैंकको मोबाइल बैंकिङ्ग वा इन्टरनेट बैंकिङ्ग सेवा प्रयोग गरि बिना कुनै शुल्क सहज रुपमा बैंकमा नगइ अनलाइन आस्वा सेवा मार्फत आइपीओ, एफपीओ [&hellip;]</p>

काठमाडौं । एनआइसी एशिया बैंकले आइतबारदेखि अनलाइन आस्वा सेवा सुरु गरेको छ । बैंकले आफ्नो २०औं वार्षिकोत्सवको अवसर पारेर आफ्नो सम्पूर्ण ग्राहकहरुलाई यो सेवा सुरु गरेको हो ।

यस सेवा अन्तर्गत ग्राहकहरुले यस बैंकको मोबाइल बैंकिङ्ग वा इन्टरनेट बैंकिङ्ग सेवा प्रयोग गरि बिना कुनै शुल्क सहज रुपमा बैंकमा नगइ अनलाइन आस्वा सेवा मार्फत आइपीओ, एफपीओ तथा म्युचल फण्डमा आवेदन दिन सक्नेछन् ।

साथै, बैंकले संचालनमा ल्याएको आर्कषक व्याजदर भएको कुनै पनि बचत खाता खोली शुरुमा निशुल्क रुपमा मोबाइल बैंकिङ्ग वा इन्टरनेट बैंकिङ्ग सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकले २०७३ माघ देखि आस्वा प्रणालीमा सहभागी भई आफ्नो सम्पूर्ण शाखाहरुबाट आस्वा सेवा मार्फत शेयर आवेदन लिने गरेको थियो ।

Share News