मेलम्चीमा पुनः झमेला, सुरुङ खन्न छाडेर ४० करोड माग्दै लोकल ठेकेदार आन्दोलनमा

<p>काठमाडौं । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनामा पुनः झमेला देखिएको छ । आगामी पुस महिना भित्रै राजधानी बासीका धारामा मेलम्चीको पानी उपलब्ध गराउने संसोधित कार्य तालिका अनुसार धमाधम काम भैरहेको आयोजनामा लोकल ठेकेदारहरुले आन्दोलन थालेका छन् । निर्माण सामग्री सप्लाई गर्ने, मेसिन तथा उपकरण भाडामा उपलब्ध गराउने १७ वटा लोकल ठेकेदारहरुले समयमै भुक्तानी नपाएको, गुणस्तरिय सुरुङ [&hellip;]</p>

काठमाडौं । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनामा पुनः झमेला देखिएको छ । आगामी पुस महिना भित्रै राजधानी बासीका धारामा मेलम्चीको पानी उपलब्ध गराउने संसोधित कार्य तालिका अनुसार धमाधम काम भैरहेको आयोजनामा लोकल ठेकेदारहरुले आन्दोलन थालेका छन् । निर्माण सामग्री सप्लाई गर्ने, मेसिन तथा उपकरण भाडामा उपलब्ध गराउने १७ वटा लोकल ठेकेदारहरुले समयमै भुक्तानी नपाएको, गुणस्तरिय सुरुङ नखनेको लगायतका माग राख्दै तीन दिनसम्म सुरुङ खन्ने काम नै रोकेका हुन् ।

उनीहरुले साउन २१, २२ र २३ गतेसम्म इटालियन ठेकेदार कम्पनी सिएमसीको कार्यालय र सुरुङ मार्गमा ताला लगाएर काम रोकेका हुन् । मंगलबारदेखि पुनः काम थालेका उनीहरुले आफ्ना माग पुरा नभएमा बिहिबारदेखि अनिश्चित कालसम्मका लागि काम रोक्ने चेतावनी दिएका छन् । सिएमसीले ४० करोड भुक्तानी नदिएको आरोप लगाउँदै लोकल ठेकल ठेकेदारहरुले आन्दोलन गरेका हुन् ।

मेलम्ची खानेपानी आयोजनाका इञ्जिनियर रमाकान्त दुवाडीले मंगलबारदेखि भने काम सुरु भएको तर बिहिबारदेखि फेरी समस्या आउन सक्ने बताए ।
‘हामीले सहजीकरण गरेर मंगलबारदेखि काम सुरु गराएका छौं, बिहिबारसम्ममा भुक्तानी चाहिने भनेर लोकल ठेकेदारहरुले माग गरेका छन्, त्यतिञ्जेलमा समस्याको समाधन गर्ने प्रयास हुन्छ’, दुवाडीले विकासन्युजसँग भने ।

सिएमसीले लापरवाही गर्यो
मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले सिएमसीले भुक्तानी दिन ढिला गरेकाले समस्या उत्पन्न भएको बताए । सिएमसीले पहिले देखि नै लोकल ठेकेदारलाई भुक्तानी दिन ढिलाई गर्दै आएको बताउँदै देवकोटाले भने–यो सिएमसीको पुरानै रोग हो, यसपाली फेरी बल्झिएको छ, हामीले लोकल ठेकेदारलाई भुक्तानी दिएर काम अघि बढ्ने वातावरण बनाउँछौं ।

आयोजनाले सिएमसीलाई आवश्यक रकम भुक्तानी दिइसकेको बताउँदै भने–हामीले दिनुपर्ने रकम समयमै दिँदै आएका छौं, काम गरिरहेका नेपाली कम्पनीहरुले पनि समयमै भुक्तानी पाउनु पर्छ ।

Share News