१२ वटा बाणिज्य बैंकको नाफा ३२ दशमलब ८८ प्रतिशतले बढ्यो(सूचि सहित)

<p>काठमाडौं । १२ वटा बाणिज्य बैंकहरुको नाफा ३२ दशमलब ८८ प्रतिशतले बढेको छ । १२ वटा बाणिज्य बैंकहरुले आर्थिक बर्ष २०७२/७३ को तुलनामा गत आव २०७३/७४ मा आफ्नो नाफा वृद्धि गरेर १९ अर्ब २७ करोड ५३ लाख ४६ हजार पुर्याएका हुन् । २०७२/७३ मा यी बैंकहरुले जम्मा १४ अर्ब ५० करोड ५२ लाख ३ हजार [&hellip;]</p>

काठमाडौं । १२ वटा बाणिज्य बैंकहरुको नाफा ३२ दशमलब ८८ प्रतिशतले बढेको छ । १२ वटा बाणिज्य बैंकहरुले आर्थिक बर्ष २०७२/७३ को तुलनामा गत आव २०७३/७४ मा आफ्नो नाफा वृद्धि गरेर १९ अर्ब २७ करोड ५३ लाख ४६ हजार पुर्याएका हुन् ।

२०७२/७३ मा यी बैंकहरुले जम्मा १४ अर्ब ५० करोड ५२ लाख ३ हजार मात्रै नाफा कमाउन सफल भएका थिए । गत आवमा भने यी बैंकहरुको नाफा ४ अर्ब ७७ करोड १ लाख ४७ हजारले बढेको देखिन्छ ।

चौथो त्रैमासिकका अपरिस्कृति वित्तिय विवरण बुझाएका १२ वटा बाणिज्य बैंकहरु सबैले एक अर्ब नाफा नघाएका छन् । सबै भन्दा धेरै नविल बैंकले ३ अर्ब ६२ करोड नाफा पुर्याएको छ भने लक्ष्मी बैंक पहिलो पटक एक अर्ब कमाउने सूचिमा प्रवेश गरेको छ ।

 

Share News