उर्जा मन्त्रीले भने-यसपाली हिउँदमा पनि लोडसेडिङ हुँदैन, उद्योगले पनि मागेजति बिजुली पाउँछन्

<p>काठमाडौं । उर्जा मन्त्री महेन्द्र बहादुर शाहीले आगामी हिउँदमा पनि लोडसेडिङ नहुने स्पष्ट पारेका छन् । मंगलबार राजधानीमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री शाहीले हिउदमा लोडसेडिङ हुन नदिने कार्ययोजना बनिसकेको र सो अनुसार काम समेत अघि बढाई सकेको बताएका हुन् । ‘यसपालीको हिउँदमा पनि लोडसेडिङ हुन नदिने कार्ययोजना बनिसकेको छ, त्यस अनुसार अहिले काम भैरहेको छ, [&hellip;]</p>

काठमाडौं । उर्जा मन्त्री महेन्द्र बहादुर शाहीले आगामी हिउँदमा पनि लोडसेडिङ नहुने स्पष्ट पारेका छन् । मंगलबार राजधानीमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री शाहीले हिउदमा लोडसेडिङ हुन नदिने कार्ययोजना बनिसकेको र सो अनुसार काम समेत अघि बढाई सकेको बताएका हुन् । ‘यसपालीको हिउँदमा पनि लोडसेडिङ हुन नदिने कार्ययोजना बनिसकेको छ, त्यस अनुसार अहिले काम भैरहेको छ, त्यस्तो कार्ययोजना भने केहि दिनभित्रै सार्वजनिक हुनेछ’, मन्त्री शाहीले भने ।

उनले हिउँदमा नागरिकका घरमा मात्रै नभएर उद्योगहरुमा समेत माग अनुसार विद्युत उपलब्ध गराउने दावी पनि गरे । ‘यसपाली नागरिकको घरमा लोडसेडिङ हुन्न नै, उद्योग धन्दाहरुले पनि मागे जति विद्युत पाउँछन्’, मन्त्री शाहीले भने । उनले लोडसेडिङ अन्त्य गर्न मन्त्रालय र नेपाल विद्युत प्राधिकरणले चालेका कदमहरुमा समाजका सबै तह र तप्काले सहयोग गर्नुपर्ने धारणा पनि राखे । ‘हामी मुलुकलाई लोडसेडिङ मुक्त बनाउन लागि परेका छौं, त्यसमा सबैको सहयोग चाहिन्छ, सहयोग भएन भने त फेरी लोडसेडिङ भैहाल्छ नी’, मन्त्री शाहीको भनाई छ ।

उनले विद्युत चुहावट नियन्त्रणका लागि स्मार्ट ग्रीड र स्मार्ट मिटरको कार्यान्वयन अघि बढाउने तयारी गरेको पनि जानकारी दिए । केहि समयभित्रै पाइलट प्रोजेक्टका रुपमा स्मार्ट ग्रीड र मिटर जडानको काम अघि बढाउने पनि बताए । उनले नयाँ प्रबिधीको प्रयोग गरेर लोडसेडिङ घटाउने बताए । उनले राम्रो काम गर्दा जेल जानु परेपनि आफु तयार रहेको समेत बताएका थिए ।

Share News