प्रभु क्यापिटलले ल्यायो मोबाइल एप्स सेवा, लागानीका बारेमा जुनसुकै जानकारी लिन सकिने

<p>काठमाडौं । प्रभु क्यापिटलले आफ्नो सेवा सम्बन्धी जानकारी गराउने उद्देश्यले मोबाईल एप्स ल्याएको छ । क्यापिटलले लगानीका बारेमा छिटो तथा सरल तरीकाबाट जानकारी लिनका लागि लगानीकर्तालाई सुबिधा दिने उद्देश्यले यो सेवा ल्याएको बताएको छ । यो सेवा हालमा एन्ड्रोईड मोबाईल प्रयोगकर्ताले डाउनलोड गरी उपयोग गर्न सक्ने छन् । जसबाट प्रभु क्यापिटलमा हितग्राही खाता खोलेका लगानीकर्ताले [&hellip;]</p>

काठमाडौं । प्रभु क्यापिटलले आफ्नो सेवा सम्बन्धी जानकारी गराउने उद्देश्यले मोबाईल एप्स ल्याएको छ । क्यापिटलले लगानीका बारेमा छिटो तथा सरल तरीकाबाट जानकारी लिनका लागि लगानीकर्तालाई सुबिधा दिने उद्देश्यले यो सेवा ल्याएको बताएको छ ।

यो सेवा हालमा एन्ड्रोईड मोबाईल प्रयोगकर्ताले डाउनलोड गरी उपयोग गर्न सक्ने छन् । जसबाट प्रभु क्यापिटलमा हितग्राही खाता खोलेका लगानीकर्ताले आफ्नो शेयर विवरण अनलाईनमा हेर्न मिल्ने, कारोबार बारे जानकारी लिन सक्ने क्यापिटले जनाएको छ । त्यस्तै,, आइपीओ तथा एफपीओको नतीजाका साथै सो मा परेको शेयर लगायत कम्पनीहरुको बोनश तथा हकप्रद शेयर खातामा जम्मा भए नभएको बारे जहाँ जुनसुकै स्थानबाट पनि सरल तरीकाले जानकारी लिन सक्नेछन् ।

यसका साथै हितग्राहीले दिएको अभौतिक निवेदन तथा कागजातमा कुनै किसिमको त्रुटि भई सम्बिन्धित शेयर रजिष्ट्रारबाट फिर्ता आएमा सो को जानकारी पनि यसै सुबिधा मार्फत लिन सक्नेछन् ।

यसका साथै प्रभु क्यापिटलले शेयर रजिष्ट्रारको सेवा दिईरहेको कम्पनीहरु सम्बन्धी प्रकाशित सुचना, जारी हकप्रद शेयरमा आफुले भर्न पाउने कित्ताबारे जानकारी तथा आफूले पाउने बोनश शेयरमा लाग्ने कर रकम सम्बन्धमा समेत जानकारी लिन सकिनेछ ।

यसका साथै नेपाल स्टक एक्सचेन्जको वेबसाईट पनि हेर्न सकिने क्यापिटलले बताएको छ ।

Share News