सञ्चय कर्ताको मुनाफाबाट ६८८ मेगावाटको जलविद्युत आयोजना निर्माण गर्दैछौंः आचार्य

<p>बेतान कर्णाली सञ्चयकर्ता हाइड्रो कम्पनीको कन्सेप्टलाई हामीले गत आर्थिक बर्षमा सुरुमै दर्ता गरेका हौं । अपर तामाकोशीको सेयर वितरण गर्ने समयमा यो आयोजनाको कन्सेप्ट आएको थियो । ऐन संसोधन नभएकाले काम अघि बढाउन सकिएको थिएन् । सञ्चय कर्ताहरुलाई हामीले बर्षेनी मुनाफा दिईरहेका हुन्छौं । तर त्यो रकम बढेर आएको भनेर सञ्चय कर्ताले खासै महशुस गरिरहेका [&hellip;]</p>

कृष्ण प्रसाद आचार्य

बेतान कर्णाली सञ्चयकर्ता हाइड्रो कम्पनीको कन्सेप्टलाई हामीले गत आर्थिक बर्षमा सुरुमै दर्ता गरेका हौं । अपर तामाकोशीको सेयर वितरण गर्ने समयमा यो आयोजनाको कन्सेप्ट आएको थियो । ऐन संसोधन नभएकाले काम अघि बढाउन सकिएको थिएन् । सञ्चय कर्ताहरुलाई हामीले बर्षेनी मुनाफा दिईरहेका हुन्छौं । तर त्यो रकम बढेर आएको भनेर सञ्चय कर्ताले खासै महशुस गरिरहेका हुँदैनन् । बर्षमा एक दुई हजार मात्रै खातामा थपिने गरेको छ ।

तामाकोशीको सेयर वितरणका बेलामा हामीले केहि छलफल गर्यौं । सञ्चय कर्ताहरुलाई मुनाफा दिने रकमका आधारमा तामाकोशीको सेयर बाढ्न पाए हुन्थ्यो भन्ने महशुस गरेका थियौं । प्रबन्ध पत्र नियमावली र धितोपत्र बोर्डको नियमका कारण त्यस्तो गर्न सकिएन् । अहिले भने प्रबन्ध पत्र संसोधन गरेर सञ्चय कर्ताले पाउने मुनाफालाई जलविद्युत आयोजनामा लगानी गर्ने योजनासहित वेतान कर्णाली सञ्चय कर्ता हाइड्रो कम्पनी दर्ता गरेका हौं । सञ्चय कर्ताको जति मुनाफा हो सोही अनुपातको सेयर दिने गरि यो कम्पनी खडा गरेका हौं । अघिल्लो आर्थिक बर्षको मुनाफा १ अर्ब २९ करोड रुपैंयाँलाई सेयर लगानी कोषमा रुपान्तरण गरिसकेका छौं ।

सञ्चय कर्ताको हितमा हुने गरि लगानी योग्य परियोजनामा लगानी गर्ने योजनासहित वेतान कर्णाली सञ्चय कर्ता हाइड्रो कम्पनी स्थापना भएको हो ।
उर्जा मन्त्रालयसँग समन्वय गरेर वर्तमान उर्जा सचिवले नै बेतान कर्णाली सञ्चय कर्ता हाइड्रो परियोजनाको पहिचान गर्नु भएको हो । हामीले प्राबिधिक सहित कर्णालीमै पुगेर कर्णाली चिसापानीको माथी यो प्रोजेक्ट तयार पारेका हौं । कम्पनी दर्ता गरेर ६८८ मेगावाटको लाइसेन्स पनि लिईसकेका छौं । विस्तृत अध्ययन अघि बढिसकेको छ । सुख्खा समयमा विद्युत उत्पादन धेरै हुने भएकाले आम्दानी पनि धेरै हुने रहेछ । यो पिआरओआर प्रोजेक्ट हो । जसबाट ६ घण्टासम्म पिकिङ गर्न सकिने देखिएको छ ।

अहिले भने विस्तृत सम्भाव्यता अध्ययनका लागि टिओआर तयार भैसकेको छ । विस्तृत सम्भाव्यता अध्ययन गरिसकेपछि डिपिआर बनाउन खासै समय नलाग्ने गरि काम अघि बढाएका छौं ।

कम्पनीको संरचना र सञ्चालक समिति
कम्पनीमा २० अर्बको अधिकृत पुँजी, १० अर्बको जारी पुँजी र १५ करोडको चुक्ता पुँजी छ । आवश्यकता अनुसार पैसा थप्न सकिने व्यवस्था छ ।
कम्पनीको सेयरमा सञ्चय कर्ताको बाहुल्यता हुनुपर्छ भन्ने छ । २५ प्रतिशत सेयर सर्व साधारणका लागि छुट्याउनुपर्ने व्यवस्था छ । १० प्रतिशत आयोजना प्रभावित र १५ प्रतिशत आम सर्वसाधारणका लागि हुने नै भयो । त्यस बाहेक कुल सेयरको ४० प्रतिशत सञ्चय कर्ता, १५ प्रतिशत सञ्चय कोष, नेपाल विद्युत प्राधिकरणको १० प्रतिशत र विद्युत उत्पादन कम्पनीको १० प्रतिशत सेयर रहेको छ । सञ्चय कोष र सञ्चय कर्ताको सेयर ५५ प्रतिशत रहेको देखिन्छ ।

यसको बोर्ड सरंचनामा तीन वटा संस्थाका एक/एक जना, सञ्चय कर्ताको तर्फबाट ३ जना, सर्वसाधारणका तर्फबाट २ जना र १ जना विज्ञ गरि ९ जनाको सञ्चालक समिति बनाउने व्यवस्था छ । अहिले तीन जना मात्रै सञ्चालक रहेका छन् । सर्वसाधारणका तर्फबाट कसरी सञ्चालक समितिमा प्रतिनिधित्व गराउने भन्नेबारे छलफल भैरहेको छ । सर्वसाधारणलाई सेयर नदिँदासम्म सञ्चय कोष सञ्चालक समितिले मनोनयन गर्ने भन्नेबारे छलफल भैरहेको छ । सेना, प्रहरी, निजामति लगायतका क्लष्टरबाट सञ्चालक बनाउने भनेर कार्यबिधी बनाएका छौं । त्यसमा योग्यता पनि तोकेका छौं ।

मुनाफा लगानी गर्नै पर्ने बाध्यता छैन
कुनै सञ्चय कर्ताले सेयरमा लगानी गर्न नचाहेको अवस्थामा उनीहरुले खातामा मुनाफा नै पाउछन् । हामीले तिन पटक सार्वजनिक सूचना निकाल्छौं । सेयरमा लगानी गर्न नचाहानेले त्यतिबेला भन्नु पर्छ । उनीहरुको खातामै नाफा राखिदिन्छौं । ठुलो संस्था भएकाले राजनीतिक हस्तक्षेप नहोस भनेर सञ्चय कोषको पुर्व निर्देशक र वर्तमान निर्देशक मात्रै सञ्चालक बन्न पाउने व्यवस्था पनि गरेका छौं ।

आयोजना निर्माणको कार्यतालिका
हामीले २ बर्षभित्रै डिपिआर र फाइनान्सियल क्लोजर सक्ने र थप चार देखि पाँच बर्षको बिचमा प्रोजेक्ट सक्ने कार्य योजना बनाएका छौं । कर्णार्ली चिसापानी आयोजना निर्माण अघि बढ्यो भने बेतान कर्णालीलाई केहि माथी सारेर ३०० मेगा वाटको बनाउँछौं । चिसापानी बनाउन सुरु भएछ भने पनि १५ देखि २० बर्षमा मात्रै निर्माण सम्पन्न हुन्छ । हामीले त्यतिञ्जेलसम्ममा यसको निर्माण सम्पन्न भएर लगानी उठाएर नाफा पनि कमाई सक्ने अवस्था छ । १० बर्षको आम्दानीले अर्काे ६०० मेगावाटको प्रोजेक्ट बनाउन पनि सक्ने अवस्था छ । (कोषका प्रशासक आचार्यसँग गरिएको कुराकानीमा आधारित)

Share News