सोर्स कोडले जित्यो दक्षिण एसियाकै उत्कृष्ट एमबिलियन्थ अवार्ड

<p>काठमाडौं । नेपाली सूचना प्रविधि सम्बन्धी कम्पनी सोर्स कोड प्रालिले मोबाइल सूचना प्रविधिको क्षेत्रमा उत्कृष्ट काम गरे बापत आठौं एमबिलियन्थ अवार्ड जितेको छ । भारतको नयाँ दिल्लीमा गत शुक्रबार आयोजित कार्यक्रममा सोर्स कोडप्रालिले बनाएको ‘नेपाली पैसा’मोबाइल एप्लिकेसनलाई उत्कृष्ट घोषणा गर्दै यो अवार्ड (उपाधि) दिइएको हो । डिजिटल इम्पावरमेन्ट फाउन्डेसनले मोबाइल प्रविधिसँग सम्बन्धित दक्षिण एसियाका कम्पनीहरुलाई [&hellip;]</p>

काठमाडौं । नेपाली सूचना प्रविधि सम्बन्धी कम्पनी सोर्स कोड प्रालिले मोबाइल सूचना प्रविधिको क्षेत्रमा उत्कृष्ट काम गरे बापत आठौं एमबिलियन्थ अवार्ड जितेको छ । भारतको नयाँ दिल्लीमा गत शुक्रबार आयोजित कार्यक्रममा सोर्स कोडप्रालिले बनाएको ‘नेपाली पैसा’मोबाइल एप्लिकेसनलाई उत्कृष्ट घोषणा गर्दै यो अवार्ड (उपाधि) दिइएको हो ।

डिजिटल इम्पावरमेन्ट फाउन्डेसनले मोबाइल प्रविधिसँग सम्बन्धित दक्षिण एसियाका कम्पनीहरुलाई सम्मान गर्दै आएको छ । यस प्रतिस्पर्धामा दक्षिण एसियाली मुलुकहरुबाट कुल २९४ वटा सूचना प्रविधि सम्बन्धी (आइटी) कम्पनीहरुले अवार्डका लागि आवेदन दिएका थिए । त्यसमध्ये बाट६५ वटा कम्पनीअन्तिम छनोटमा परेका थिए । जसमा सोर्ड कोर्डले बनाएको ‘नेपाली पैसा’मोबाइल एप्लिकेसनले सूचना तथा मनोरञ्जन विधातर्फ एमबिलियन्थ अवार्ड हात पारेको हो ।

विभिन्न १० वटा विधामार्फत सहभागी कम्पनीहरु अन्तिम छनोटमा परेका थिए । सोर्स कोडले ‘नेपाली पैसा’लाई सञ्चार तथामनोरञ्जन विधाअन्तर्गत आवेदन दिएको थियो । यस अवार्डले वित्तीय क्षेत्रसँग सम्बन्धित मोबाइल प्रविधिमा आधारित काम गर्न थप हौसला मिलेको सोर्स कोडका प्रबन्ध निर्देशक अभिजित श्रेष्ठले बताए । अवार्डले सोर्स कोड र नेपाली पैसाको ब्रान्डिङमा थप सहयोग पुग्नुका साथै सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमाकामगर्ने सम्पूर्ण नेपालीलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न समेत हौसाला प्रदान गरेको श्रेष्ठको भनाई छ ।

आधुनिक मोबाइल प्रविधिले सर्वसाधारणको दैनिक जीवनलाई सहज र सशक्त बनाउन मद्दत पुर्याइरहेको छ । मोबाइल फोनको प्रयोग दक्षिण एसियाली राष्ट्रहरुमा पनि बढ्दो क्रममा रहेको छ । यसलाई ध्यानमा राख्दै डिजिटल इम्पावरमेन्ट फाउन्डेसनले २०१० देखि मोबाइल प्रविधिका क्षेत्रमा काम गर्ने उत्कृष्ट कम्पनीलाई पहिचान र हौसला दिन ‘एमबिलियन्थ अवार्ड साउथ एसिया’प्रदान गर्दै आएको छ ।

Share News