भोलीदेखि पेट्रोलियम व्यवसायीले पेट्रोल नकिन्ने, माग पुरा नभए ३१ गतेदेखि बिक्री नगर्ने चेतावनी

<p>काठमाडौं । भोलीदेखि पेट्रोलियम व्यवसायीले देशभरका डिपोबाट पेट्रोल खरिद नगर्ने घोषणा गरेका छन् । सरकारले इन्धन ढुवानीका क्रममा प्राविधिक रुपमा हुने परिमाण नोक्सानीको क्षतिपूर्तिको माग पुरा नगरेको भन्दै नेपाल पेट्रोलियक डिलर्स राष्ट्रिय एशोसिएशनले माग पुरा नभए साउन ३१ गतेदेखि देशभरमा पेट्रोलियम पदार्थको बिक्री वितरणमा पनि बन्द गर्ने चेतावनी दिएको छ । आयल निगम सँग पटक–पटक [&hellip;]</p>

काठमाडौं । भोलीदेखि पेट्रोलियम व्यवसायीले देशभरका डिपोबाट पेट्रोल खरिद नगर्ने घोषणा गरेका छन् ।

सरकारले इन्धन ढुवानीका क्रममा प्राविधिक रुपमा हुने परिमाण नोक्सानीको क्षतिपूर्तिको माग पुरा नगरेको भन्दै नेपाल पेट्रोलियक डिलर्स राष्ट्रिय एशोसिएशनले माग पुरा नभए साउन ३१ गतेदेखि देशभरमा पेट्रोलियम पदार्थको बिक्री वितरणमा पनि बन्द गर्ने चेतावनी दिएको छ ।

आयल निगम सँग पटक–पटक अनुरोध गर्दा पनि समस्या समाधान नभएकाले आन्दोलन शुरु गरेको एशोसिएशनले जनाएको छ । एशोसिएशनले प्राविधिक कारणबाट हराउने पेटोलियम पदार्थको पनि क्षतिपूर्ति पाउनुपर्ने लगायतका माग राखेको छ ।

यसअघि आन्दोलनको घोषणा गरेर फिर्ता लिएका व्यवसायीले पुन माग पुरा नगरेको भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।  साउन २६ गतेदेखि मुलुकभरका डिपोबाट पेट्रोल खरिद नगर्ने घोषणा गरेका छन् । खरिद बन्द गर्नेसम्मका आन्दोलन २० साउनदेखि पम्पमा कालो झण्डा गाडेर आन्दोलन सुरु गरेका व्यवसायीले २६ साउनदेखि पेट्रोल खरिद नगर्ने, २९ गतेदेखि डिजल तथा मट्टितेल खरिद नगर्ने र ३१ गतेदेखि बिक्री वितरण पनि बन्द गर्ने चेतावनी दिएका छन् ।

व्यवसायीले चार हजार लिटर पेट्रोल ढुवानी गर्दा करिब ९९ लिटर र डिजेलमा ६० लिटरसम्मको लस हुने गरेको दाबी गरेका छन् ।

 

Share News