काठमाडौं । कलर्स मोबाइलले प्राइड सिरिज अन्तर्गत दुई नयाँ मोबाइल सेट पि४५ र पि५५ लाई नेपाली बजारमा उपलब्ध गराएको छ । अति आकर्षक र उत्कृष्ट सुविधाको सेट पि४५को बजार मूल्य ६९९५ रुपैयाँ र पि ५५को मूल्य ७५९५ रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

पि ४५ मोबाइलको पछाडी पट्टि ५ मेगा पिक्सल क्षमताको क्यामरा र अगाडी पट्टि २ मेगा पिक्सलको क्यामरा जडान गरिएको छ । त्यस्तै, पि ५५ मा पनि दुवै भागमा प्mल्यास सहित यही गुणस्तरका क्यामरा रहेका छन् । यसका अलावा यी सेटको प्याकेजिङ डिजाइन पनि अनुपम रहेका छन् । उत्पादनका प्याकेजिङहरुमा नेपालका स्मारकहरुको चित्रलाई आकर्षक तवरले सजाइएका छन् । कम्पनीका अनुसार यी दुई नयाँ सेटले हाल बजारमा पाइने उही मूल्य बराबरका मोबाइलहरुको दाँजोमा उत्कृष्ट सेल्फि फोटोको अनुभूति दिलाउने छ ।
कलर्स मोबाइलका प्रमुख कार्यकारी अधिकृत सञ्जय अग्रवालले भने- “आज मोबाइल व्यवसायमा एक परम्परा नै बसिसक्यो कि हरेक मोबाइल सेटमा जडित क्यामराको गुणस्तर उत्कृष्ट हुनु पर्दछ । यसैगरी सेल्फि एक अर्को त्यस्तो अपेक्षा हो जुन आजका मोबाइल पुस्तामा विद्यमान छ । कलर्स मोबाइलले मोबाइलका उपभोक्ताहरुमा हिजोआज प्रचलित यी नै परम्परालाई मनन गर्र्दै खास सेल्फि फोटोको लागि पि४५ र पि५५ मोबाइल सेट प्रस्तुत गरेको छ ।”