काठमाडौं । सिद्घार्थ बैंकले आफ्नो नयाँ शाखा भक्तपुरको कमल बिनायकमा सञ्चालन गरेको छ । बैंकले बिहीबार एक विशेष समारोहका बीच उक्त शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ ।

सो शाखाको उद्घाटन भक्तपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण प्रसाद अवाल र बैंकका प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतमले संयुक्त रुपमा गरेका हुन् । बैंकको सो शाखा कार्यालय मार्फत सम्पुर्ण बैंकिङ सेवाका साथमा एटिएम सेवा पनि उपलब्ध हुने छ ।
यस शाखा समेत बैंकले ७२ शाखा, २ एक्स्टेन्सन काउन्टर ९८ एटीएम, ७० शाखा रहित बैंकिङ्ग सेवा र ४५० भन्दा बढी पिओएस् मार्फत् ग्राहकहरुलाई बैंकिंग सेवा प्रदान गर्नेछ । आर्थिक वर्ष २०७३/०७४ को श्रावण मसान्तसम्म बैंकले १ अर्ब ४१ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । सोहि अवधीमा बैंकको कुल निक्षेप ७७ अर्ब ३१ करोड रुपैयाँ र कर्जा लगानी ६७ अर्ब १७ करोड रुपैयाँ रहेको छ ।