कर्ण शाक्यकै वाटरफण्ड रिसोर्ट अनुमतिविनै निर्माण, अग्रज व्यवसायीबाटै कानूनको धज्जी

<p>काठमाडौै । पर्यटकीय आकर्षण केन्द्र फेवातालको किनारस्थित सेदी भन्ने स्थानमा पर्यटन ब्यवसायी कर्ण शाक्यको पार्क भिलेज वाटर फन्ट रिसोर्ट अनुमतिबिनै बनाईएको खुलेको छ। शाक्यको सो कामविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको प्रतिउत्तर दिँदै पर्यटन उद्योग महाशाखाले त्यहाँ रिसोर्ट सञ्चालनका लागि सिफारिस नगरेको उल्लेख गरेको छ । ‘पर्यटन ऐन, २०३५ को दफा १० बमोजिम पार्क भिलेज वाटर [&hellip;]</p>

काठमाडौै । पर्यटकीय आकर्षण केन्द्र फेवातालको किनारस्थित सेदी भन्ने स्थानमा पर्यटन ब्यवसायी कर्ण शाक्यको पार्क भिलेज वाटर फन्ट रिसोर्ट अनुमतिबिनै बनाईएको खुलेको छ।

शाक्यको सो कामविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको प्रतिउत्तर दिँदै पर्यटन उद्योग महाशाखाले त्यहाँ रिसोर्ट सञ्चालनका लागि सिफारिस नगरेको उल्लेख गरेको छ ।

‘पर्यटन ऐन, २०३५ को दफा १० बमोजिम पार्क भिलेज वाटर फन्ट रिसोर्ट पर्यटकीय स्थलमा रिसोर्टका रपमाा दर्ता गर्न यस महाशाखाबाट सिफारिस गरिएको अभिलेख छैन,’ महाशाखाले २०६८ भदौ १ गते सर्वोच्च अदालतमा दिएको प्रतिउत्तरमा उल्लेख छ।

अधिवक्ता खगेन्द्र सुवेदी र बालकृष्ण भण्डारीले २०६८ असारमा कर्ण शाक्य, प्रधानमन्त्री कार्यालय र पर्यटन उद्योग महाशाखा, कम्पनी रजिष्टार कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय र पर्यटन कार्यालयलाई विपक्षी बनाएर रिट दायर गरेका थिए। नागरिक दैनिकबाट ।

Share News