आन्तरिक वायुसेवाबीच चर्को प्रतिस्पर्धा सुरु, प्राइस वारले हवाई यात्रा सस्तो हुन सक्ने

<p>काठमाडौं ।  नेपालका आन्तरिक वायुसेवा कम्पनीबीच थप जहाज भित्र्याउँने र बजार  बढाउने आक्रामक रणनीतिका साथ सेवा विस्तार हुन थालेको छ । नियमति उडानमा एक दशकदेखि यति र बुद्ध एयरको मात्रै उल्लेख्य बजार हिस्सा रहेको भएपनि अब प्रतिस्पर्धामा नयाँ कम्पनी आउने भएका छन् । पछिल्लो ५ वर्षदेखि सिम्रिक एयरलाइन्स भित्रिएपछि यसले बजारमा हिस्सा बढाउन थालेको हो । [&hellip;]</p>

काठमाडौं ।  नेपालका आन्तरिक वायुसेवा कम्पनीबीच थप जहाज भित्र्याउँने र बजार  बढाउने आक्रामक रणनीतिका साथ सेवा विस्तार हुन थालेको छ । नियमति उडानमा एक दशकदेखि यति र बुद्ध एयरको मात्रै उल्लेख्य बजार हिस्सा रहेको भएपनि अब प्रतिस्पर्धामा नयाँ कम्पनी आउने भएका छन् । पछिल्लो ५ वर्षदेखि सिम्रिक एयरलाइन्स भित्रिएपछि यसले बजारमा हिस्सा बढाउन थालेको हो ।

गोमा र सौर्य एयरलले सेवा दिन थालेपछि बजार हिस्सा धेरै भएका कम्पनीलाई थप थक्का थाल्यो भने शुक्रबारबाटै सेवा सुरु गरेको श्री एयरलान्सको बजार रणनीतिले थप प्रतिस्पर्धी बनाउने भएको छ ।वायुसेवा कम्पनीबीच हुने प्रतिस्पर्धाले ग्राहकलाई सहजता प्रदान गर्ने वायुसेवा संचालक संघका सीईओ कमलेश वर्माले बताएका छन् ।

उनका अनुसार बायुसेवा कम्पनी थप हुनु, प्रतिस्पर्धा हुनु र बजार विस्तारले सेवाग्राहीले लाभ पाउँछन् । अब आन्तरिक वायुसेवाले दिने सस्तो सेवा ग्राहकको प्राथमिकतामा पर्ने भएकले अब टिकटमा प्रतिस्पर्धा हुने छ ।

आन्तरिक सेवा प्रदायक कम्पनीबीच यात्रु क्षमता बढी भएका ठूला जहाज भित्राउने होड चलेको पनि देखिन्छ । आन्तरिकमा ठूला जहाज भित्र्याउँने काम बुद्ध एयरबाट भएको हो ।

भर्खर भित्रीएको श्रीको पनि ३ वटै जहाजले ठूलाको  क्याटगोरीमा रहेका छन् । ठूला जहाजमार्फत उडान भर्दा धेरै यात्रु बोक्न सक्ने र सञ्चालन खर्च कम हुने भएकोले सबै एयरलाइन्सहरू ठूला विमानमा केन्द्रित भएको श्री एयरलाइन्सका बजार कर्पोरेट निर्देशक अनिल मानन्धरको भनाइ छ ।

साना जहाजमार्फत उडान भर्दा सञ्चालन खर्च धेरै पर्दछ र यात्रुसमेत कम बोक्ने भएकोले नोक्सान पर्ने उनको बुझाई छ । त्यसैले हामीले सुरुमै ठूला जहाज रोजेका हौ, उनले भने । श्रीको योजना आन्तरिकसँगै अन्तर्राष्ट्रिय भएको पनि उनले जानकारी दिए । आन्तरिक उडान सुरु गर्दै अब हामी तुरुन्तै अन्तर्राष्ट्रियको पनि तयारी गर्ने जानकरी श्री एयरलाइन्सले दिएको छ ।

यो एयरलाइन्सले ५० सिट क्षमताको बम्बार्डियर सिआरजे–२०० सिरिजको जहाजमार्फत सोही कम्पनीको ७० सिटक् षमतको ईआरजे जहाज ल्याएर उडान सुरु गरको छ ।

बुद्धसँग २ वटा ४२ सिटर, ३ वटा ४७ सिटर र बाँकी ५ वटा ७२ सिट क्षमतका ठूला जहाज भैसकेको छ । करिब एक दशकसम्म आन्तरिकमा ठूला जहाजमार्फत उडान गर्ने एयरलाइन्स कम्पनी बुद्ध एयरको मात्रै रहे पनि अहिले भने सरकारी वायुसेवादेखि निजी सम्मले ठूला जहाजमार्फत सेवा दिइरहेका छन् ।

हाल नेपालमा एक दर्जन कम्पनीका साना र ठूला गरी ४ दर्जन विमानहरू निममित उडानमा रहेका छन् । यी जहाजमा डेड दर्जन जहाज भने ठूला र सुगम क्षेत्रमा उडान गर्ने क्षमताको रहेका छन् । पछिल्लो सयम यतिले पनि एउटा एटीआर ७२ जहाज ल्याएको छ ।

सरकारी वायुसेवा कम्पनी नेपाल एयरलाइन्सले पनि आन्तरिक उडानमा प्रतिस्पर्धाकै लागि धेरै क्षमताको जहाज भित्र्याएको छ । यो वायुसेवासँग पनि ५८ सिट क्षमतको २ वटा एमए ६० रहेको छ । यो वायुसेवाले दिने सेवा सुविधाले आन्तरिकलाई आफ्नो रणनीत बनाउन सहयोग पुग्ने गरेको छ ।

कुन वायुसेवासँग कति वटा ठूला जहाज  ?
विमान                 जहाज                     संख्या           सिट  क्षमता

बुद्ध एयर         एटीआर–४२/७२        ९                  ४२ / ७२

यति एयरलाइन्स    एटीआर–७२         १                  ७२

सौर्य एयरलाइन्स    सीआरजे–२००      २                 ५०

श्री एयरलाइन्स    सीआरजे–२००/७०० ३               ५० /७०

नेपाल एयरलाइन्स     एमए–६०            २              ५८

स्रोतः सम्वन्धित वायुसेवा कम्पनी ।

 

Share News