ढल्केबर सव-स्टेसन कात्तिकभित्र बन्ने, भारतबाट थप बिजुली ल्याउन सुनिश्चित

<p>काठमाडौं । भारतबाट थप बिजुली आयातका लागि धनुषाको ढल्केबरमा निर्माणधिन २२० केभी क्षमताको सव–स्टेशनको काम आउदो कात्तिकसम्म सम्पन्न हुने भएको छ ।  सव-स्टेसन निर्माण गरिरहेको सेन्ट्रल चाइना पावर ग्रिड (सिसिपिजी) ले कात्तिक १५ गते भित्र काम सक्ने प्रतिबद्धता जनाएको छ । सवस्टेशन निर्माण अन्तिम चरणमा प’गेको छ । ऊर्जामन्त्री महेन्द्रबहादुर शाही, ऊर्जासचिव अनुपकुमार उपाध्याय, नेपाल [&hellip;]</p>

काठमाडौं । भारतबाट थप बिजुली आयातका लागि धनुषाको ढल्केबरमा निर्माणधिन २२० केभी क्षमताको सव–स्टेशनको काम आउदो कात्तिकसम्म सम्पन्न हुने भएको छ ।  सव-स्टेसन निर्माण गरिरहेको सेन्ट्रल चाइना पावर ग्रिड (सिसिपिजी) ले कात्तिक १५ गते भित्र काम सक्ने प्रतिबद्धता जनाएको छ । सवस्टेशन निर्माण अन्तिम चरणमा प’गेको छ ।

ऊर्जामन्त्री महेन्द्रबहादुर शाही, ऊर्जासचिव अनुपकुमार उपाध्याय, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सव-स्टेशन निर्माण सक्न ४ बुँदे निर्णय गराएका छन् । सिसिपिजीले सव-स्टेसन निर्माण १७ कात्तिक (३१ अक्टोबर २०१७) भित्र सक्ने प्रतिबद्धता जनाएको हो ।

ठेकेदारको यस्तो प्रतिबद्धतापछि हिउँदमा लोडसेडिङ अन्त्यका लागि भारतबाट थप बिजुली ल्याउन सुनिश्चित भएको मन्त्री शाहीले बताए । सव-स्टेसन बनेपछि भारतबाट थप १ सय मेगावाट अन्य स्थानबाट भन्दा सस्तो दरमा ल्याउन सकिने छ । यो वर्षको हिउँदमा भारतबाट ५ सय मेगावाटसम्म बिज’ली आयातको गर्ने प्राधिकरणको तयारी छ ।

“एक वर्षमा सव-स्टेसन निर्माणको धेरै काम, लोडसेडिङस“ग जोडिएको यसलाई द्रुत गतिमा काम गरी जसरी पनि तोकिएकै समयमा सक्नु पर्छ”, उनले भने,“काम गर्दा आउने समस्या आयोजनाले समाधान गरेमा तत्काल खबर गर्नुहोस्, त्यसलाई समाधान गर्न हामी तयार छौं ।”

प्राधिकरणले भरतपुर-बर्दघाट प्रसारण लाइनको ठेक्का तोडी करिब ३० करोड रुपैयाँ बैक ग्यारेन्टी जफत गरेपछि सिसिपिजीका आयोजना प्रवन्धक गेङ जैलिङले प्राधिकरणलाई ठल्केबर सव-स्टेसनको काम आंशिक रुपमा रोकिएको जानकारी गराएका थिए । आयोजनाको परामर्शदाता पावर ग्रिडले अन्तिम ड्रइङ तत्काल दिने, गरेको कामको भुत्तानीका बिल सिसिपिजीले उपलब्ध गराउने र त्यसको परामर्शमदाताले रुजु गरी भुत्तानीका लागि एक हप्ताभित्र सिफारिस गर्ने लगायतका निर्णय भएका छन् ।

गत वर्ष प्राधिकरणले हिउँदमा ढल्केबर–मुजफ्फपुर अन्तरदेशिय प्रसारण लाईनमार्फत १४० मेगावाटसम्म बिजुली आयात गरेको थियो । गत वर्ष भारतबाट झण्डै ३८५ समेगावाट बिजुली आयात भएको थियो ।  प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बाँकी काम सबैतर्फबाट तत्काल सुरु गर्न निर्देशन दिए । ‘काम तत्काल सुरु गर्नुहोस्, गरेको कामको भुक्तानी परामर्शदाबाट सिफारिस भएर आउन साथ गछौं’,उनले भने,‘यो या त्यो बहाना बनाएर काम रोक्न मिल्दैन ।’

सव स्टेसनका उपकरण सम्पूर्ण आइसकेका छन् । सिभिलतर्फको ९० प्रतिशत काम सकिएको छ । इलेक्ट्रिकल उपकरण जडानको ९० प्रतिशत काम सकिएको छ । नियन्त्रण कक्ष रहने भवनको ‘फिनिसिङ, ‘कन्ट्रोल प्यानल’को जडान तथा सञ्चालन, बसबार कनेक्सन लगायतका काम बा“की छन् । सिसिपिजीका प्रवन्धक गेङले एक वर्षमा यति धेरै काम गरेको कम्पनीलाई बा“की रहेको काम गर्न धेरै समय नै नलाग्ने बताएका छन् ।

मुलुकको प्रसारण प्रणालीलाई सुदृढीकरण तथा नेपाल र भारतबीचको विद्युत व्यापारका लागि ढल्केबरमा सव-स्टेसन निर्माण गर्न लागिएको हो । ढल्केबरमा सव-स्टेसन बनाउन नसकेपछि अहिले मुजफ्फपुर बिन्दुमा दुई वटा ट्रान्सफर्मर राखी बिजुली आयात भइरहेको छ । प्राधिकरण र कम्पनीबीच १२ जुन २०१४ मा १५ महिनाभित्र (२९ डिसेम्बर २०१५) काम सक्ने गरी ठेक्का सम्झौता भएको थियो । ठेकेदार तोकिएको समयका काम गर्न नसकेपछि चार पटकसम्म म्याद थप भइसकेको छ । यसले आयोजनाको लागत पनि बढाएको छ ।

Share News