काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले शुक्रबार स्पर्स लघुवित्त वित्तीय संस्थाको उद्घाटन गरेका छन् । यस संस्थाको केन्द्रिय कार्यालय पोखरा लेखनाथ महानगरपालिका स्थित विजयपुरमा रहेको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै नेपालले देशमा संख्यात्मक रुपमा धेरै लघुवित्त संस्थाहरु स्थापना भईरहेकोले अबका दिनहरुमा गुणात्मक बिकास गरी गुणस्तरीय सेवा दिनुपर्ने कुरा बताए । त्यसैगरी नेपालले लघुवित्त भनेको विशुद्ध नाफा कमाउने क्षेत्र नभई सामाजिक सेवा पनि भएकोले नाफा कमाउने मात्र उद्धेश्य राखेर काम नगर्न संचालकहरुलाई सुझाव दिएका छन् ।
वित्तीय संस्थाका अध्यक्ष प्रा. डा. शुशिलभक्त माथेमाले वित्तीय संस्था स्थापना गर्नुको उद्धेश्य बमोजिम काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । साथै नियमन निकायको निर्देशनहरुको पूर्ण रुपमा पालना गर्दै ग्रामीण क्षेत्रको गरिवि न्युनीकरण गर्न संस्थाले दुरदराजमा रहेका विपन्न वर्गलाई सेवादिने कुरा व्यक्त गरेका छन् ।
त्यसैगरी अध्यक्ष माथेमाले हाल लघुवित्तलाई प्रदान गर्ने विपन्न वर्गको कर्जालाई बैंक वित्तीय संस्थाहरुले अन्य कर्जा सरह ब्याजदर लिने कार्य गर्दै आएको हुँदा लघुवित्त संस्थाहरुलाई काम गर्न अप्ठ्यारो परेकोले त्यसतर्फ ध्यान दिन नेपाल राष्ट बैंकलाई अनुरोध गरेका छन् ।