काठमाडौं । बिआईए फाउन्डेशनले आफ्नो नयाँ शाखा किर्तिपुरमा विस्तार गरेको छ । शुक्रबार आयोजित एक विशेष कार्याक्रमका बिच यस संस्थाका संस्थापक अध्यक्ष छोग्याल रिम्पोछेले बिस्तारित शाखाको उद्घाटन गरेका छन् । उक्त शाखा बिस्तारको क्रममा लामो समयदेखि अपाङ्गता क्षेत्रमा काम गर्दै आएको करुणा फाउन्डेशनको सहकार्यमा सञ्चालन भएको छ ।
एक गैर सरकारी सामाजिक संस्था बि.आई.ए फाउन्डेशन विगत ३ बर्ष देखि बिभिन्न किसिमका अपाङ्गता भएका व्यक्तिहरुलाई बिभिन्न हस्तकला सम्बन्धि सीप सिकाई आत्मनिर्भर बनाउने संस्थाको मुल उद्देश्य रहेको छ । हाल जोरपाटिमा १०० जना भन्दा बढि अपाङ्गता भएका व्यक्तिहरुलाई बिभिन्न १२ वटा बिधामा सीप सिकाई रहेको छ ।
यस संस्थाले हालै बिस्तारित किर्तिपुर शाखामा भुकम्प पछि बिभिन्न किसिमका अपाङ्गता भएका व्यक्तिहरुलाई प्रथामिकताका साथ लिई अन्य बिभिन्न किसिमका अपाङ्गता भएका व्यक्तिहरु सहित ५ बिधामा जम्मा ६० जना अपाङ्गता भएका व्यक्तिहरुलाई सीप सिकाई आत्मनिर्भर बनाउने मुल लक्ष्य लिइको छ ।