महावौद्धका होलसेल व्यापारीलाई बाणिज्य मन्त्रीले भने-‘इमान्दार करदातालाई राज्यले सम्मान गर्ने दिन आउँछ’

<p>काठमाडौं । बाणिज्य मन्त्री मिन बहादुर विश्वकर्माले महावौद्ध क्षेत्रका व्यापारीहरुलाई कर तिर्ने सवालमा इमान्दार बन्न आग्रह गरेका छन् । महावौद्ध र न्युरोड क्षेत्रका होलसेल व्यापारीहरुको संस्था राष्ट्रिय व्यापार संघको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री विश्वकर्माले भने–करमा समस्या छ, इमान्दार बन्नुस, कर तिर्नेलाई राज्यले सम्मान गर्ने दिन आउँछ ।’ उनले अब राज्यले व्यवासायीलाई नियन्त्रण नभएर व्यवस्थापन र [&hellip;]</p>

काठमाडौं । बाणिज्य मन्त्री मिन बहादुर विश्वकर्माले महावौद्ध क्षेत्रका व्यापारीहरुलाई कर तिर्ने सवालमा इमान्दार बन्न आग्रह गरेका छन् । महावौद्ध र न्युरोड क्षेत्रका होलसेल व्यापारीहरुको संस्था राष्ट्रिय व्यापार संघको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री विश्वकर्माले भने–करमा समस्या छ, इमान्दार बन्नुस, कर तिर्नेलाई राज्यले सम्मान गर्ने दिन आउँछ ।’

उनले अब राज्यले व्यवासायीलाई नियन्त्रण नभएर व्यवस्थापन र नियमन मात्रै गर्ने बताए । मन्त्री विश्वकर्माले बढ्दो व्यापार घाटालाई कम गर्न व्यवसायीहरुले व्यापार भन्दा माथी उठेर उद्योगमा लगानी र रोजगारी सृजनामा पनि ध्यान दिनुपर्ने धारणा राखे । बाणिज्य मन्त्रालयले व्यापार घाटा कम गर्ने बिषेश योजना अघि सारेको पनि जानकारी दिए ।

तातोपानी नाका खोल्ने तथा रसुवागढी नाकालाई स्तरोन्नति गर्ने योजनाबारे चिनियाँ राजदुतसँग छलफल भैसकेको पनि बताएका थिए । चिनियाँ नाकामा चिनियाँ कर्मचारी र प्रहरीले देशका लागि काम गरेको तर नेपाली कर्मचारी र प्रहरीले आफ्ना लागि काम गरेको आरोप पनि लगाए ।‘तातोपानी नाका पुग्दा मलाई सांसद हुँ भन्न पनि लाज लाग्यो, चिनियाँहरु देशका लागि काम गरिरहेका थिए, नेपाली कर्मचारी र प्रहरी भने आफ्ना लागि काम गरिरहेका थिए’, मन्त्री विश्वकर्माले भने ।

उनले काला बजारी ऐन समेत संसोधन प्रक्रियामा रहेको जानकारी दिएका थिए ।

Share News