काठमाडौं । अविरल वर्षादले विद्युत वितरण प्रणालीमा समस्या आई धेरै स्थानमा आपूर्ति अवरोध भएको छ ।

अविरल वर्षाले गर्दा प्रशारणलाइन, सबस्टेशन तथा वितरण प्रणाली लगायतका संरचनामा ठुलो क्षति भएकोले विधुत वितरणमा समस्या आएको प्राधिकरणले जनाएको छ । केही स्थानका सव–स्टेशन जलमग्न भई विद्युत आपूर्ति बन्द भएका छन् ।
दुहबी स्थित १३२ केभी. सब–स्टेशन जलमग्न भएको प्राधिकरणले जानकारी दिएको छ । यस्तै अनारमनी–कावेली १३२ केभी प्रसारणलाइनको टावर ढलेको छ । खिम्ती–ढल्केबर १३२ केभी. प्रसारणलाइनमा समस्या आएको प्राधिकरणले जनाएको छ ।
हेटौंडा–चन्द्रनिगाहपुर–ढल्केबर प्रसारणलाइनमा ठुला रुखहरु ढलेकाले विधुत आपूर्तिमा अवरोध उत्पन्न भएको प्राधिकरणले स्पष्ट पारेको छ । समस्या आएका स्थानमा विद्युत आपूर्ति सुचारु गराउन तदारुकताका साथ मर्मत कार्य भै रहेको प्राधिकरणले जानकारी गराएको छ ।