युनाइटेड मोदीको खुद नाफा ४ करोड ८८ लाख

<p>काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको खुद नाफा बढेको छ । गत आर्थिक वर्ष ०७३/०७४ मा कम्पनीले ४ करोड ८८ लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको खुदनाफा ३ करोड ९३ लाख रुपैयाँ थियो । प्राविधिक कारणले विद्युत उत्पादन बढाउन नसक्दा आम्दानीमा कमी आएको कम्पनीले जनाएको छ । युनाइटेड मोदीले आइतबार गत [&hellip;]</p>

काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको खुद नाफा बढेको छ । गत आर्थिक वर्ष ०७३/०७४ मा कम्पनीले ४ करोड ८८ लाख रुपैयाँ खुदनाफा गरेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको खुदनाफा ३ करोड ९३ लाख रुपैयाँ थियो । प्राविधिक कारणले विद्युत उत्पादन बढाउन नसक्दा आम्दानीमा कमी आएको कम्पनीले जनाएको छ ।

युनाइटेड मोदीले आइतबार गत आवको वित्तीय विवरण सार्वजनिक गर्दे मर्मत सम्भार र सार्वजनिक निष्कासन खर्च लेखाङकन गरिएकाले पनि नाफामा कमी देखिएको जानकारी गराएको छ ।

गत आवमा कम्पनीले बिजुली बिक्रीबाट ३० करोड १४ लाख रुपैयाँ आम्दानी गरेको थियो । अघिल्लो वर्ष साढे २७ करोड रुपैयाँ मा आम्दानी गरेको थियो । बैंक ब्याज दरले पनि कम्पनीको खर्च बढेको छ ।

युनाइटेड मोदीले साढे १० मेगावाटको तल्लोमोदी २ आयोजना निर्माण थालेको छ । आयोजनाको सिभिल निर्माणका लागि बोलपत्र आब्हान समेत गरिसकेको छ ।

 

Share News