बाढीपिडीतका लागि एनआरएनएद्वारा राहतकोष स्थापना, शेष घले दम्पत्तिले दिए १ करोड

<p>काठमाडौं । शुक्रबार देखिको अबिरल बर्षाका कारण नेपालको तराईका बिभिन्न जिल्लामा बाढीपहिरोले ठुलो धनजनको क्षति पु¥याएपछि गैरआवासिय नेपाली संघ (एनआरएन) ले राहत कोष स्थापना गरेको छ । एनआरएनको आइतबार बसेको आकस्मिक बैठकले बाढीको जोखिममा रहेका हजारौं परिवारलाई तत्काल उद्दार र आपतकालिन राहतका लागि आपतकालिन सहयोगस्वरुप ’बाढीपिडीत राहत कोष’ स्थापना गर्ने निर्णय गरेको हो । कोषमा [&hellip;]</p>

काठमाडौं । शुक्रबार देखिको अबिरल बर्षाका कारण नेपालको तराईका बिभिन्न जिल्लामा बाढीपहिरोले ठुलो धनजनको क्षति पु¥याएपछि गैरआवासिय नेपाली संघ (एनआरएन) ले राहत कोष स्थापना गरेको छ ।

एनआरएनको आइतबार बसेको आकस्मिक बैठकले बाढीको जोखिममा रहेका हजारौं परिवारलाई तत्काल उद्दार र आपतकालिन राहतका लागि आपतकालिन सहयोगस्वरुप ’बाढीपिडीत राहत कोष’ स्थापना गर्ने निर्णय गरेको हो ।

कोषमा अध्यक्ष शेष घले र जमुना गुरुङको एमआईटी फाउण्डेसनले १ करोड रुपैयाँ सहयोग घोषणा गरेको छ । बैठकमा संघका संरक्षक जीवा लामिछाने तथा उपाध्यक्ष भवन भट्ट र कुमार पन्त, महासचिव बद्री केसी र सचिव अर्जुन श्रेष्ठले जनही १ लाख रुपैयाँ तथा प्रवक्ता रन्जु थापाले ५० हजार रुपैयाँ र कोषाध्यक्ष हिक्मत थापाले ५१ हजार रुपैयाा सहयोगको घोषणा गरेका छन् ।

एक साताभित्र दुई करोड रुपैयाँ जम्मा गरी राहत बितरण थाल्ने तयारी रहेको एनआरएनकी प्रवत्ता रञ्जु वाग्लेले जानकारी दिइन् ।
बिश्वभरी छरिएर नेपालीहरुलाई आफ्नो गच्छेले भ्याएसम्म रकम सहयोग गरी बिपतको घडीमा मातृभूमी र पिडीतलाई सहयोगको हात अगाडी बढाउन एनआरएनले अपिल समेत गरेको छ ।

 

 

Share News