काठमाडौं । भारतको स्लीपवेल कम्पका नेपालका स्थानिय प्रतिनिधी आर. एस. ईन्टरप्राईजेजले राजधानिमा नेपालका बिभिन्न सहरहरुमा रहेको आफ्ना ५० भन्दा बढि बिक्रेताहरुको सहभागिता रहेको बिक्रेता सम्मेलन आयोजना गरेको छ ।
सन् १९७१ देखि पोलिथिन (पियु) फोम ब्यबसायमा संलग्न ब्यबसायिक घराना शिला ग्रुप अन्तर्गतको स्लीपवेल भारतमा सबै भन्दा बढि बिक्री हुने म्याट्रेस ब्राण्ड हो ।
उक्त कम्पनीले भारत तथा अष्ट्रेलियामा मुख्य कारोबार रहेता पनि बार्षिक ३० करोड अमेरिकी डलर भन्दा बढि कारोबार र १५०० भन्दा बढि कामदार कर्मचारी रहेको यस कम्पनि भारतको मात्र नभई पियु फोम ब्यापारमा दक्षिण पुर्वि एशियाकै ठुला ५ कम्पनिहरु मध्ये एक भएको उक्त जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
स्लीपवेल एक परिपक्व ब्राण्ड भईसकेकाले उपभोक्ताका आकांक्षाहरुलाई निकै जिम्वारीका साथ कम्पनिले लिने गरेको र यसका सिर्जनात्मक उत्पादनहरुमा उपभोक्ताहरुको निद्रा मात्र नभई आरामदायी निद्रालाई ध्यानमा राखेर गरिएको कुरा कम्पनिका भाईस प्रेसिडेन्ट बसन्त सिंघलले बताए ।