काठमाडौं । काठमाडौं उपत्यकामा १ वर्षमा १ लाख ६८ हजार ५५ ओटा घरजग्गा किनबेच भएका छन् ।
काठमाडौं उपत्यकाका आठओटा मालपोत कालार्यालयको तथ्यांकअनुसार गत आवमा उक्त संख्यामा घरजग्गा कारोबार भएको हो ।
ती मध्ये अधिकांश घरजग्गाको मालपोत मूल्यांकन २ लाख ५० हजार देखि ९ लाख प्रतिआना कायम गरिएको छ ।
तर, यथार्थ कारोबारमा भने रु ५ लाखदेखि १५ लाख रुपैयाँ प्रतिआनासम्ममा किनबेच हुने गरेको घरजग्गा व्यवसायीले बाएका छन् ।
जग्गा गरिएको लगानीले आकर्षक प्रतिफल दिने भएकोे पनि यसमा लगानी बढ्ने गरेको पनि उल्लेख छ ।
यो कारोबार अघिल्ले वर्षको तुलनामा गत वर्ष ३१ प्रतिशतले बृद्धि भएको उल्लेख छ । आर्थिक अभियान दैनिकबाट ।