पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिनमा सवारी आवागमन सुचारु

<p>चितवन। नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाएपछि सवारी आवागमन सञ्चालन भएको छ । सो सडकखण्डअन्तर्गत पाँचकिलोमा गएराति पहिरो खसेपछि सडक अवरुद्ध बनेको थियो । जिल्ला प्रहरी कार्यालयका अनुसार राति १० बजेबाट सो ठाउँमा पहिरो खसेको हो । रातको समयमा पन्छाउन नसकेपछि अहिले बिहानबाट पहिरो हटाउन शुरु गरिएको थियो । सो सडकखण्डमा शुक्रबार दिउँसोपछि ठाउँ–ठाउँमा पहिरो जाँदा [&hellip;]</p>

चितवन। नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाएपछि सवारी आवागमन सञ्चालन भएको छ । सो सडकखण्डअन्तर्गत पाँचकिलोमा गएराति पहिरो खसेपछि सडक अवरुद्ध बनेको थियो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार राति १० बजेबाट सो ठाउँमा पहिरो खसेको हो । रातको समयमा पन्छाउन नसकेपछि अहिले बिहानबाट पहिरो हटाउन शुरु गरिएको थियो ।

सो सडकखण्डमा शुक्रबार दिउँसोपछि ठाउँ–ठाउँमा पहिरो जाँदा अवरुद्ध भएको सडक आइतबार साँझ मात्र सञ्चालनमा आएको थियो । रासस

Share News