लक्ष्मी बैंकको नयाँ शाखा रुपन्देहीको मणिग्राममा

<p>काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा रुपन्देहीको, मणिग्राममा आफ्नो नयाँ शाखा संचालनमा ल्याएकोे छ । भैरहवा र बुटवल पश्चात्, बैंकको यस क्षेत्रमा, यो तेस्रो शाखा हुनेछ । मणिग्राम शाखा, जोगीकुटि बाट स्थानान्तरण भएको हो । जोगीकुटिमा कारोबार गर्ने सम्पूर्ण ग्राहकलाई सबै सेवाहरु, बुटवल शाखाबाट उपलब्ध गराईने बैंकले जनाएको छ । यस [&hellip;]</p>

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा रुपन्देहीको, मणिग्राममा आफ्नो नयाँ शाखा संचालनमा ल्याएकोे छ । भैरहवा र बुटवल पश्चात्, बैंकको यस क्षेत्रमा, यो तेस्रो शाखा हुनेछ । मणिग्राम शाखा, जोगीकुटि बाट स्थानान्तरण भएको हो । जोगीकुटिमा कारोबार गर्ने सम्पूर्ण ग्राहकलाई सबै सेवाहरु, बुटवल शाखाबाट उपलब्ध गराईने बैंकले जनाएको छ ।

यस सहित लक्ष्मी बैंकको शाखा संजाल ६९, ३ हस्पिटल सेवा काउन्टर, ८८ ए टि एम, २५०० भन्दा बढि रेमिटेन्स् अनि ४०० भन्दा बढि मोबाईल एजेन्टहरु पुगेको छ । यी शाखाहरुका साथ लक्ष्मी बैंकले आफ्नो सेवाअझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ ।

यस शाखाको विस्तार सँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने बैंकले जनाएको छ । आगामी दिनहरुमा बैंकले अझ धेरै शाखा अनि सेवाहरु देशभरि विस्तार गर्ने लक्ष्य लिएको छ ।

बैंकले आ.व. २०७३र७४मा ५९ अर्ब ३२ करोड रुपैयाँ निक्षेप र ५२ अर्ब ७३ करोड रुपैयाँ कर्जा पुर्याएको छ । साथै, सोही अवधिमा यस बैंकको वासलातको आकार ७० अर्ब ९० करोड रुपैयाँ रहेको छ । सोहि आ.व.मा बैंकले १०० करोड रुपैयाँको हाराहारीमा खुद मुनाफा आर्जन गर्न सफल भएको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २७ प्रतिशतले बढी हो ।

Share News