काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले आफ्नो थप दुई शाखा लेखनाथ र बागलुङमा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो ४६ औं शाखा लेखनाथ र ४७ औं शाखा बागलुङमा संचालनमा ल्याएको हो ।
बैंकको उक्त शाखा सञ्चालन गर्ने कार्यक्रमहरु बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाको उपस्थिति र बैंकका संचालकहरुको सभापतित्व तथा नेपाल राष्ट्र बैंकका उच्च पदाधिकारीद्वारा गरिएको थियो । साथै सोहि परिसरमा एटिएम सेवाहरु पनि थप गरेको जानकारी गराएको छ ।
यी दुई शाखा सहित बैंकले ४७ शाखा, ५ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बैंकिङ्ग सेवा तथा ४४ वटा एटिएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको कुरा पनि जानकारी गराएको छ ।
बैंकले हालै सार्वजनिक गरेको अपरिस्कृत वित्तिय विवरण अनुसार आ. व. २०७३/७४ मा बैंकको कूल निक्षेप ४३ अर्ब ७१ करोड रुपैयाँ, कूल कर्जा ३७ अर्ब ४६ करोड रुपैयाँ परिचालन गरि १ अर्ब २० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।