बाढी पहिरोका कारण तराईका बैंकिङ सेवा प्रभावित, मंगलबारदेखि ठूला बैंक शाखा खुल्ने

<p>काठमाडौं । आइतबार तराईका सबै बैंक तथा वित्तीय संस्थाहरू बन्द रहे । गत बिहीबारदेखि परेको अबिरल वर्षाको कारण आइतबार उक्त स्थानका बैंक तथा वित्तीय संस्थाहरूले सेवा प्रदान गर्न नसकेको नेपाल बैकर्स एसोसिएशनका अध्यक्ष अनिल केशरी शाहले बताए । ‘तराई जलमग्न भएपछि आइतबार बैकिङ सेवाभन्दा पनि जनधनको रक्षातिर लागियो,’ सेवा लिने र दिने कोही पनि भएनन् [&hellip;]</p>

काठमाडौं । आइतबार तराईका सबै बैंक तथा वित्तीय संस्थाहरू बन्द रहे । गत बिहीबारदेखि परेको अबिरल वर्षाको कारण आइतबार उक्त स्थानका बैंक तथा वित्तीय संस्थाहरूले सेवा प्रदान गर्न नसकेको नेपाल बैकर्स एसोसिएशनका अध्यक्ष अनिल केशरी शाहले बताए ।

‘तराई जलमग्न भएपछि आइतबार बैकिङ सेवाभन्दा पनि जनधनको रक्षातिर लागियो,’ सेवा लिने र दिने कोही पनि भएनन् ।’ अब मंगलबारदेखि भने ठूला शाखाबाट सेवा सुचारु हुनेछ । ठूला शाखाको संचालन व्यवस्था मिलाइ सकेपछि साना शाखा पनि विस्तारै खुल्दै जानेछन् ।

‘जलमग्न भएको तराईमा कनेक्टिभिटी टुटेको छ,’ उनले भने ‘ आज विदाको दिन परेकोले दिनभरमा कसरी कनेक्टिभिटी जोडेर सेवा दिन सकिन्छ भनी हामी लागि परिरहेका छौ ।’ विद्युतको विकल्पमा जेनेरेटर प्रयोग गरेपनि इन्टरनेटलगायतका प्राविधिक कारण बैकिङ सेवा दिन अप्ठ्यारो परेको उनले बताए ।

बाढी पहिरोको कारण तराई प्रभावित भएपछि विराटनगरदेखि सुदूरपश्चिमसम्मको बैंकिङ सेवा प्रभावित भएको छ । आज दिनभरमा सबै मिलाएर भोलि मंगलबारदेखि ठूला शाखा संचालन गर्ने तयारीमा एसोसिएशन लागि परेको छ ।

Share News