नेपाल उद्योग परिसंघले बाढी–पहिरो पीडितकालागि ५० लाख रुपैयाँ बराबरको राहतका सामग्री दिने

<p>&nbsp; काठमाडौं । नेपाल उद्योग परिसघंले बाढी&#8211;पहिरो पीडितका लागि पचास लाख रुपैयाँ बराबरको राहत सामग्री सहयोग दिने भएको छ । परिसंघको पदाधिकारी समितिको सोमबार बसेको आकस्मीक बैठकले बाढी पहिरोमा परि विस्थापितहरुका लागि राहतको लागि प्रथम चरणमा ५० लाखको रुपैयाँ राहत कोष स्थापना गरी उक्तकोष बाट सोही रकम बराबरको आवश्यक खाद्यान्न, औषधी एवं आपातकालिन सामग्री प्रधानमन्त्री [&hellip;]</p>

 

काठमाडौं । नेपाल उद्योग परिसघंले बाढीपहिरो पीडितका लागि पचास लाख रुपैयाँ बराबरको राहत सामग्री सहयोग दिने भएको छ ।

परिसंघको पदाधिकारी समितिको सोमबार बसेको आकस्मीक बैठकले बाढी पहिरोमा परि विस्थापितहरुका लागि राहतको लागि प्रथम चरणमा ५० लाखको रुपैयाँ राहत कोष स्थापना गरी उक्तकोष बाट सोही रकम बराबरको आवश्यक खाद्यान्न, औषधी एवं आपातकालिन सामग्री प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र वाणिज्य मन्त्रालयसँग समन्वय गरी नेपाल सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरेको हो । 

साथै यस राहतकार्यकोलागि प्रभावकारी रुपमा समन्वय एवं थप रकम संकलन गर्न परिसंघका वरिष्ठ उपाध्यक्ष सतिषकुमार मोरको संयोजकत्वमा बाढी,पहिरो पिडित राहतकार्यदलसमेत गठन गरेको छ । उक्त बैठकले विपत्तिमा परेका जनताको सहयोगार्थ एनआइ सी एसिया बैँकमा परिसंघको नामको चल्तीखाता सञ्चालनमाल्याउने निर्णय सहित एनआइ सी एसिया बैँकलि., थापाथलीमा खोलिएको ५४४४३०४०११५२४००२ खातामा आआफ्नो तर्फबाट नगद सहयोग गर्न समेत आआफ्नो सदस्य संस्थालगायत सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।

Share News