झापाको दमक र अनारमनी सवस्टेशनबाट विद्युत् आपूर्ति सुचारु

<p>काठमाडौं । झापाको दमक तथा अनारमुनी सवस्टेशनबाट सोमबार दिउसोदेखि विद्युत आपूर्ति सुचारु भएको छ । भिषण बाढीले जलमग्न भएर तराईमा बन्द भएको विद्युत आपूर्ति दमक तथा अनारमुनीमा रहेको १३२ केभी सवस्टेशन चालु भएपछि विद्युत आपूर्ति नियमित भएको विद्युत् प्राधिकरण प्रणाली सञ्चालन विभागका उपप्रवन्धक दीपक धितालले जानकारी दिए । यस्तै सुनसरीको दुहवी सवस्टेशन र दमकदेखि इलामको [&hellip;]</p>

काठमाडौं । झापाको दमक तथा अनारमुनी सवस्टेशनबाट सोमबार दिउसोदेखि विद्युत आपूर्ति सुचारु भएको छ ।

भिषण बाढीले जलमग्न भएर तराईमा बन्द भएको विद्युत आपूर्ति दमक तथा अनारमुनीमा रहेको १३२ केभी सवस्टेशन चालु भएपछि विद्युत आपूर्ति नियमित भएको विद्युत् प्राधिकरण प्रणाली सञ्चालन विभागका उपप्रवन्धक दीपक धितालले जानकारी दिए ।

यस्तै सुनसरीको दुहवी सवस्टेशन र दमकदेखि इलामको गोदकसम्मको १३२ केभी प्रसारणलाइनमा समस्या रहेको उनले जानकारी दिए । गोदकमा नजोडिने विद्युत्गृहलाई बैकल्पिक व्यवस्था गरी सञ्चालनको तयारी भइरहेको छ ।

पुर्वितराइका केही जिल्ला बाहेक अन्य स्थानमा विद्युत् आपूर्ति सुचारु भइरहेकको धितालले बताए । सवस्टेशन जलमग्न भएको र प्रसारणलाइनको टावर पनि ढलेकाले विद्युत आपूर्ति नियमित गर्न एक साता लाग्ने प्राधिकरणले जानकारी दिएको छ ।

Share News