प्रधानमन्त्रीको मिसन इण्डिया एजेण्डाः तीन वटा हवाई रुट उच्च प्राथमिकतामा

<p>काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भदौ पहिलो साता हुने भारत भ्रमणमा पर्यटन क्षेत्रकै लागि महत्वपूर्ण मानिएको तीन हवाई रुट यस पटक पनि प्राथमिकताका साथ अगाडि सारिएको छ । नेपालले पटकपटक उठाउँदै आएको हवाई रुटमा भारतले सहमति नदिएपनि यसपटक पनि सोही रुटमा भारतीय सहमति खोज्ने प्रयास भएको छ । प्रधानन्त्रीको भारत भ्रमणमा यसपटक पनि जनकपुर, नेपालगन्ज [&hellip;]</p>

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भदौ पहिलो साता हुने भारत भ्रमणमा पर्यटन क्षेत्रकै लागि महत्वपूर्ण मानिएको तीन हवाई रुट यस पटक पनि प्राथमिकताका साथ अगाडि सारिएको छ ।

नेपालले पटकपटक उठाउँदै आएको हवाई रुटमा भारतले सहमति नदिएपनि यसपटक पनि सोही रुटमा भारतीय सहमति खोज्ने प्रयास भएको छ । प्रधानन्त्रीको भारत भ्रमणमा यसपटक पनि जनकपुर, नेपालगन्ज र महेन्द्रनगरबाट एयर इन्ट्री अनुमतिका लागि नेपालले प्रयास गर्ने छ ।

यो तीनवटै रुटमा यसअघिको दुइवटै प्रधानमन्त्रीको भारत भ्रमणमा प्राथमिकताका साथ उठान गरिएको भएपनि भारत सकारात्मक हुने तर कुनै सहमति वा सम्झौता भने हुन नसकेको पर्यटन मन्त्रालयको भनाइ छ ।

मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायका अनुसार नेपालको हवाई रुटका महत्वपूर्ण ती तीनवटै रुट पटकपटकको एजेन्डा बनिरहेको छ । नेपालले अगाडि सारेको यो पुरानो एजेन्डालाई कार्यान्वयन गराउनु नै अहिलेको आवश्यकता भएकाले पनि यसैलाई अगाडि सारेको उनको बुझाई छ ।

नेपालले यो हवाई रुटसँगै विराटनगरको इष्ट्रि प्वाइन्टबाटै जहाज आउन पाउनुपर्ने प्रस्ताव लैजाने भएको छ । हाल यो रुटबाट बाहिरिने मात्रै गरेको छ भने आउन भने पाएको छैन । नेपालका यी तीनवटै हवाई रुटको अनुमतिबारे नेपाल र भारतबीच पटकपटक भएका वार्ता निस्कर्षबिहीन भएका छन् ।

भारतले गोरखपुरको हवाई सैनिक हेडक्वार्टरको सुरक्षा संवेदनशीलता जनाउँदै त्यसआसपासबाट नेपालतर्फ जहाज आउने रुटको अनुमति दिएको छैन । भारतले नेपालले निर्माण गरिरहेको भैरहवा विमानस्थलको लागि सहज हुने गरी मागको हवाई रुटको पनि अनुमति दिएको छैन ।

भारतसँग सुरक्षा प्रत्याभूति भएपछि सम्झौता गर्ने भनेर प्राविधिक टोलीसमेत बनेर काम अगाडि बढीसकेको भएपनि छिटो गर्न प्रधानमन्त्रीको एजेन्डामा राखिएको पर्यटन मन्त्रालयकै हवाई उड्डयन सुरक्षा महाशाखाले जानकारी दिएको छ । यो महाशाखाका अनुसार त्यही रुटको विषयमा प्राविधिक तहमा आवश्यक छलफल गरेर निर्णय गर्नुपर्ने भएकोले पनि प्रधानमन्त्री देवाउको भ्रमणमा भारतीय पक्षले तत्काल अगाडि बढाउन निर्देशन दिए मात्रै पनि पुग्छ ।

नेपाल भित्रन अन्तर्राष्ट्रिय उडानका वायुसेवाले हाल सीमरामाथिको आकाश हुँदै आउनुपर्ने एउटै मात्र रुटलाई भारतले थप गरिदिए नेपालको पर्यटनको विकल्प खुल्ने पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको भनाइ छ ।

काठमाडौबाट विराटनगर तथा महेन्द्रनगर हुँदै भारतको आकाश भएर उडान गर्ने वायुसेवाले नयाँ र छोटो रुट पटकपटक नेपालले माग गरिरेको छ । नेपालले मागेको यस्तो रुटमा हिमालय रुट २ को अनुमति रहेको छ । यो रुटमा भारतीय पक्षले अनुमति दिइसकेको भनएपनि चिनियाँ पक्षबाट भने बाँकी नै रहेको छ ।

यो रुटले नेपालबाट युरोप र हङकङ जाने रुटसमेत छोटो हुने हुन्छ । यो अनुमतिले नेपालबाट अन्तर्राट्रिय उडान गर्ने वायुसेवाले प्रत्यक्ष लाभ लिन पाउने तथा अन्तर्राष्ट्रिय उडानका अन्य विदेशी वायुसेवाले हिमालयन रुट प्रयोग गर्न सक्ने हुन्छन् ।

हिमालयन रुटको अनुमतिले टोकियोबाट लण्डन जाने जहाजले पनि छोटो हवाई रुटका कारण नेपालको आकाश प्रयोग गरेर गर्न सक्ने भएकोले हवाई क्षेत्रको राजस्व बढ्ने भनाइ नेपाल नागरिक उड्डयन प्राधिकरणको छ । उड्डयन नियम अनुसार कुनै पनि देशमाथिको आकाशमा जहाज उडान हुँदा फ्लाई ओभर शुल्क तिर्नुपर्ने हुन्छ ।

यस्तो शुल्क देश अनुसार फरक फरक हुन्छ । नेपालले यो रुट खुला गर्दा जसरी सडकमा सवारी साधान गुडाउन अनुमति तथा कर दिर्नुपर्छ त्यसैगरी नेपाली आकाश हुँदै उडान हुने रुटमा पनि अनुमति वा रोयल्टी तिर्नुपर्छ ।

नेपालले यो हवाई रुटसँगै भैरहवा विमानस्थल सञ्चालनको सहजीकरणको विषयलाई पनि प्राथमिकता दिएको छ । नेपाल भारतबीच हवाइ सेवा सम्झौता (एएसए) नभए नेपालमा बन्दै गरेका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विमानस्थलहरूमा जहाजहरू उडान अवतरणको गर्न समस्या हुने पनि उल्लेख छ ।

Share News