काठमाडौं । फष्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले आफ्ना सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, बैंकले कर प्रयोजनको लागि शुन्य दशमलब ७९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।
उक्त निर्णय साउन २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । नेपाल राष्ट्र बैंकले अनुमति दिएपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भए पश्चात उक्त लाभांश वितरण गर्ने कम्पनीले जनाएको छ ।