नेसनल हाइड्रो पावरको २० औं साधारण सभा, सात जना पदाधीकारी निर्विरोध

<p>काठमाडौं । विवादका कारण लामो समयदेखि हुन नसकेको नेसनल हाइड्रोपावर २० औं साधारण सभा भएको छ । कम्पनीले सञ्चालक र सेयरधनी कम्पनीबिच वित्तिय पारदर्शीताबारे विवादका कारण ६ वर्षदेखि बस्न नसकेको साधारण सभा मंगलबार आयोजना गरेको हो । उक्त साधारणसभामा भएको बोर्डको निर्वाचनमा सात जना निर्विरोध चयन भएका छन् । कुमार पाण्डे, बासुदेव गौतम, विश्वेश्वर सुवेदी, सोमनाथ [&hellip;]</p>

काठमाडौं । विवादका कारण लामो समयदेखि हुन नसकेको नेसनल हाइड्रोपावर २० औं साधारण सभा भएको छ । कम्पनीले सञ्चालक र सेयरधनी कम्पनीबिच वित्तिय पारदर्शीताबारे विवादका कारण ६ वर्षदेखि बस्न नसकेको साधारण सभा मंगलबार आयोजना गरेको हो ।

उक्त साधारणसभामा भएको बोर्डको निर्वाचनमा सात जना निर्विरोध चयन भएका छन् । कुमार पाण्डे, बासुदेव गौतम, विश्वेश्वर सुवेदी, सोमनाथ सापकोटा, एलसन श्रेष्ठ, नवराज नेपाल र सुशिला कुमारी शर्मा निर्विरोध चयन भएका छन् । यस अघि संचालकका लागि नौ जनाले दाबी गरेका थिए । साधारणसभामा रोकिएको आर्थिक वर्षका सवै बार्षिक प्रतिवेदनमाथि पनि छलफल गरी पारित गरिएको छ ।

बोर्डका अध्यक्ष कुमार पाण्डेले भने, ‘लामो समयको विवादपछि आज साधारणसभा भएको छ । यसले आर्थिक वर्ष २०७३/७४ को लागि पनि बाटो खुलेको छ ।’

 

 

Share News