बोटलर्स नेपालको नाफा ५३ करोड, बोटलर्स तराईले कमायो ३९ करोड

<p>काठमाडौं । नेपालमा कोकाकोला उत्पादन गर्ने कम्पनी बोटलर्स नेपालले ५३ करोड नाफा कमाएको छ । काठमाडौं उपत्यकासहित पहाडी भेगका लागि कोकाकोला उत्पादन गर्दै आएको बोटलर्स नेपालले गत आर्थिक बर्षको चौथो त्रैमासिक अवधीमा ४० करोड नाफा कमाएको थियो । बोटलर्स नेपालको प्रति सेयर आम्दानी २१० रुपैंयाँबाट बढेर २७३ रुपैंयाँ पुगेको छ । त्यस्तै, तराई क्षेत्रमा कोकाकोला [&hellip;]</p>

काठमाडौं । नेपालमा कोकाकोला उत्पादन गर्ने कम्पनी बोटलर्स नेपालले ५३ करोड नाफा कमाएको छ । काठमाडौं उपत्यकासहित पहाडी भेगका लागि कोकाकोला उत्पादन गर्दै आएको बोटलर्स नेपालले गत आर्थिक बर्षको चौथो त्रैमासिक अवधीमा ४० करोड नाफा कमाएको थियो ।

बोटलर्स नेपालको प्रति सेयर आम्दानी २१० रुपैंयाँबाट बढेर २७३ रुपैंयाँ पुगेको छ । त्यस्तै, तराई क्षेत्रमा कोकाकोला उत्पादन गर्दै आएको बोटलर्स नेपाल(तराई)ले ३९ करोेड नाफा कमाएको छ । कम्पनीले अघिल्लो आवको सोही अवधीमा जम्मा २७ करोड मात्रै नाफा कमाउन सफल भएको थियो । बोटलर्स नेपाल(तराई)को प्रति सेयर आम्दानी ३२७ रुपैंयाँ रहेको छ ।

Share News