टेलिकमकको नेटवर्कबाट१ करोड १२ लाख निःशुल्क एसएमएस आदनप्रदान

<p>काठमाडौं । बाढी पीडितको उद्धार तथा राहतका लागि नेपाल टेलिकमकको नेटवर्कबाट १ करोड १२ लाख निःशुल्क एसएमएस आदनप्रदान भएको छ । बाढी पहिरोबाट पीडितहरुको उद्धार तथा राहतमा सहयोग पु¥याउन साउन २९ देखि ३१ गतेसम्म आफ्नो नेटवर्क भित्र निःशुल्क एसएमएस पठाउन सकिने व्यवस्था गरेको थियो । जसअनुसार साउन २९ गते १७ लाख ३० हजार, ३० गते [&hellip;]</p>

काठमाडौं । बाढी पीडितको उद्धार तथा राहतका लागि नेपाल टेलिकमकको नेटवर्कबाट १ करोड १२ लाख निःशुल्क एसएमएस आदनप्रदान भएको छ ।

बाढी पहिरोबाट पीडितहरुको उद्धार तथा राहतमा सहयोग पु¥याउन साउन २९ देखि ३१ गतेसम्म आफ्नो नेटवर्क भित्र निःशुल्क एसएमएस पठाउन सकिने व्यवस्था गरेको थियो ।
जसअनुसार साउन २९ गते १७ लाख ३० हजार, ३० गते ४७ लाख ५५ हजार र ३१ गते ४७ लाख १५ हजार एसएमएस आदानप्रदान भएको टेलिकमकी प्रवत्ता प्रतिभा वैद्यले जानकारी दिइन् ।

यस्तै टेलिकमको नेटवर्क प्रयोग गरी जल तथा मौसम विज्ञान विभागले विपतको अवधिमा प्रभावित क्षेत्रका वासिन्दालाई ४ लाख ८६ हजार भन्दा बढी विपत् आउनु पूर्वको जानकारी (एलर्ट एसएमएस) पठाएको उनले बताइन् ।

विभागले साउन २० गते ९४ हजार ६ सय, साउन २९ गते ४ सय, साउन ३० गते १ लाख ६ हजार २ सय, ३१ गते ७८ हजार ८ सय र ३२ गते २ लाख ६ हजार ५ सय भन्दा बढी एसएमएस पठाएको छ ।

विभागले आवश्यकता अनुसारको संख्यामा आफै एसएमएस पठाउन सक्ने गरी व्यवस्था गरिदिएको टेलिकमले जनाएको छ ।
पुर्वमा ९१ प्रतिशत सञ्चार सेवा सुचारु भएको उनले जानकारी दिइन् ।

 

Share News