काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशको विभिन्न भागमा हालै गएको बाढीका पीडितहरुलाई एघार लाख रुपैयाँको आर्थिक सहयोग गरेकाे छ । बैंकले पीडितहरु सहयोग गर्ने उद्देश्यले साे रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्ने निर्णय गरेको छ । यस अघि पनि बैंकले महाभूकम्पका पीडितहरुलाई आर्थिक सहयोग स्वरुप एक करोड रुपैयाँ सो कोषमा प्रदान गरेको थियो ।
यस बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम संकलन गर्ने प्रयोजनका लागि यस बैंकमा ००१०००२५६२सीए खाता खोली सकेको हुदां बैंकका कर्मचारीहरु, सम्पूर्ण स्वदेशी तथा विदेशी व्यक्ति, संघ संस्था, व्यवसायिक र्फम, एजेन्सी समेतलाई आफ्नो स्वेच्छाले उक्त खातामा रकम जम्मा गरि आर्थिक सहयोग गर्न आग्रह गरेको छ ।
यस विपत घडिमा आफ्नो आफन्त गुमाएका पीडितहरु प्रति बैंकले समवेदना प्रकट गरेको छ । साथै बैंकले यस्ता सहयोगी कार्यहरुलाई आगामी दिनहरुमा पनि निरन्तरता दिने अठोट व्यक्त गरेको छ ।