शोभन देव पन्तले भदौ ४ गतेदेखि बैंक अफ काठमाण्डूको कार्यभार सम्हाल्ने

<p>काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत शोभन देव पन्तले भदौ ४ गतेदेखि कार्यभार सम्हाल्ने भएका छन् । बैंक सञ्चालक समितिले पन्तलाई आगामी चार बर्षे कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको थियो । बैंक अफ काठमाण्डू र लुम्बिनी बैंक मर्जर हुनु अघि पन्त लुम्बिनी बैंकका प्रमुख कार्यकारी अधिकृत थिए । [&hellip;]</p>

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत शोभन देव पन्तले भदौ ४ गतेदेखि कार्यभार सम्हाल्ने भएका छन् । बैंक सञ्चालक समितिले पन्तलाई आगामी चार बर्षे कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको थियो ।

बैंक अफ काठमाण्डू र लुम्बिनी बैंक मर्जर हुनु अघि पन्त लुम्बिनी बैंकका प्रमुख कार्यकारी अधिकृत थिए । बैकिंङ क्षेत्रमा ३० वर्ष भन्दा लामो अनुभब हासिल गरिसकेका पन्तले नबिल बैंकबाट करिअर सुरु गर्दै प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समेत सम्हालिसकेका छन् । नेपाल राष्ट्र बैंकको वित्तीय सुधार कार्यक्रम अन्तर्गत उनले व्यवस्थापनमा बसेर पनि काम गरेका थिए ।

पन्तले नेपाल बंगलादेश बैंकको प्रमुख कार्यकारी अधिकृतका रुपमा पनि काम गरिसकेका छन् ।

Share News