तीन साताभित्रै सिँचाइ सुविधा पुयाइने

<p>विराटनगर । सुनसरी मोरङ सिँचाइ आयोजनाले बढीमा तीन साताभित्र सिँचाइ सुविधा पु¥याउनका लागि सक्रिय भएर लागेको जनाएको छ । साउन २७ र २८ को अविरल वर्षाका कारण १७ ठाउँमा टुटेको मूलनहर मर्मतका लागि प्राविधिकका साथै स्थानीय उपभोक्ता कार्यरत रहेकाले तीन साताभित्र सिँचाइको व्यवस्था मिलाइने सो आयोजनाले जनाएको छ । सुनसरी र मोरङ जिल्लाका ६८ हजार [&hellip;]</p>

विराटनगर । सुनसरी मोरङ सिँचाइ आयोजनाले बढीमा तीन साताभित्र सिँचाइ सुविधा पु¥याउनका लागि सक्रिय भएर लागेको जनाएको छ ।

साउन २७ र २८ को अविरल वर्षाका कारण १७ ठाउँमा टुटेको मूलनहर मर्मतका लागि प्राविधिकका साथै स्थानीय उपभोक्ता कार्यरत रहेकाले तीन साताभित्र सिँचाइको व्यवस्था मिलाइने सो आयोजनाले जनाएको छ ।

सुनसरी र मोरङ जिल्लाका ६८ हजार हेक्टर जग्गामा सिँचाइ पु¥याउँदै आइरहेको यस नहरको लम्बाइ चतरादेखि मोरङसम्म ५३ किलोमिटर छ । मूलनहरको मर्मत भएपछि लोहन्दासम्म ४२ किलोमिटरको क्षेत्रमापर्ने शाखामा सिँचाइको व्यवस्था पूर्ववत् रुपमा चालु हुनेछ ।
लोहन्दाको साइफनमा क्षति भएकाले त्यसको मर्मतमा लामोसमय लाग्ने भएकाले बाहुनी, झमनपुर, बरियाती, नयाँपटी, चिसान, माइनर, आमझोरा, रजनी, धमनपुर, हर्कपुर माइनर शाखा अवरुद्ध भएका छन् । लोहन्द्रास्थित आयोजनाको आन्तरिक १५३ मिटरको लम्बाइको पुल पनि क्षतिग्रस्त भएको छ ।

ती शाखा अवरुद्ध भएपछि तल्लो क्षेत्रका १२ हजार ५०० हेक्टर जग्गामा सिँचाइ सुविधा पु¥याउनका लागि वैकल्पिक व्यवस्था गर्न लागिएको सो आयोजनाका प्रमुख कुञ्जनभक्त श्रेष्ठले जानकारी दिए।

धानबालीमा तत्कालै सिँचाइ गराउनुपर्ने भएकाले सो क्षेत्र भएर बग्ने खोला, खोल्साको पानीलाई ती शाखामा छिराएर सिँचाइको प्रबन्ध मिलाउन थालिएको उनले बताए ।

यसैबीच, दुई दिनको अविरल वर्षाका कारण सो आयोजनामा कराँैडो मूल्य बराबरको क्षति भएको जनाइएको छ । प्रारम्भिक तथ्यांकअनुसार अनुमानित रु ७० करोड बराबरको क्षति भएको आयोजना प्रमुख श्रेष्ठले बताए ।

अबिरल वर्षाका कारण साउन २६ गते बिहीबार साँझ नै मूलनहर बन्द गरिएकाले मूलनहर र शाखामा थप क्षति भएन् । सो नहरको उत्तरपट्टिका गाउँ बाढीले ढुबाउन थालेपछि स्थानीयवासीले नहरको डिल (बाँध) काटेर पानीको निकास गराएका थिए । सुनसरीको झुम्कादेखि माथि चार ठाउँमा दतकिचा खोलाले काटेको थियो भने स्थानीयवासीले ड्रेन र पूर्वी किनार काटेर बाढीको पानी नहरमा प्रवेश गराएका थिए ।

Share News